• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

जापान रोजगारी : सरकारी संयन्त्रमार्फत् कामदार पठाउन नसकेपछि लबिङमा म्यानपावर व्यवसायी

भन्छन्- कामदारबाट सेवाशुल्क लिँदैनौँ
64x64
निर्मला घिमिरे शुक्रबार, फागुन १६, २०७६  ०६:३०
1140x725

काठमाडौं- नेपाल-जापानबीच श्रम समझदारी भएको लामो समयसम्म पनि कामदार भर्ना प्रक्रिया अलपत्र परेपछि म्यानपावर व्यवसायीहरुले लविङ सुरु गरेका छन्। 

आफूहरुले नै कामदार जापान पठाउन पाउनुपर्ने भन्दै उनीहरु कहिले शक्तिकेन्द्र, कहिले जापान सरकार त कहिले दूतावास र जापानीज व्यवसायीसम्म धाइरहेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँगको भेटघाटलाई पनि उनीहरुले बाक्लो बनाइरहेका छन्। 

बिहीबार पनि वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय बत्तीसपुतलीमा उनीहरुले जापानी व्यवसायीसँग भेटघाट तथा छलफल गरे। 

दुवै देशका व्यवसायी मिलेर बिटुबी अर्थात् व्यवसायी-व्यवसायी मिलेर जापानमा ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारसँग लविङ गर्ने निष्कर्षमा उनीहरु पुगेका छन्। 

नेपाल–जापानबीच गत चैत ११ गते तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले श्रम समझदारी (एमओसी) गरेका थिए।

सरकारी संयन्त्रमार्फत कामदार जापान पठाइने उल्लेख गरिएको थियो। जसका लागि जापान इकाइसमेत खडा गरियो। तर जापान इकाइले जापान रोजगारीका लागि कुनै सक्रियता देखाउन नसकेपछि समझदारीको ११ महिना बितिसक्दा पनि जापान कामदार पठाउनेबारे टुंगो लाग्न सकेको छैन। 

जापानले नेपालबाट पहिलो चरणमा लैजाने भनिएको नर्सिङ केयर क्षेत्रका कामदारका लागि भाषा तथा सीप परीक्षा भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई कसरी जापान पठाउने भन्ने विषयमा टुंगो नलाग्दा जापान रोजगारी अलपत्र परेको छ। 

लामो समयसम्म अलमलमा परेको जापान रोजगारीको गाँठो फुकुवा गर्न म्यानपावर व्यवसायीहरुमार्फत मात्रै सम्भव हुने भन्दै उनीहरुले लविङ सुरु गरेका हुन्।

लामो समयदेखि म्यानपावर व्यवसायीहरुले जापानका विभिन्न सरकारी तथा नीजि प्रतिनिधिहरुसँग भेटघाट बाक्लो बनाएका छन्। 

२०१९ नोभेम्बरको दोस्रो साता संघको सचिवालयमा जापान सरकारका प्रतिनिधिलाई बोलाएर नै उनीहरुले भेटघाट गरेका थिए।

जापानका सरकारी अधिकारी ताकुमा ओकादालगायत विभिन्न कम्पनीका सञ्चालकहरुसँग प्रशिक्षार्थी कामदारलगायत समझदारीअनुसार जापान कामदार लैजाने सम्बन्धमा आफूहरु संलग्न हुन पाउनुपर्नेबारे लविङ म्यानपावर व्यवसायीहरुको थियो। 

यसै सन्दर्भमा थप लविङका लागि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रे जापान पुगेर फर्किएका छन्। 

संघका अध्यक्ष गैह्रे भन्छन्, ‘म यसअघि जापान पुगेर फर्किएको छु, हामी म्यानपावर व्यवसायीहरुमार्फत नै कामदार भर्ना प्रक्रियालाई अगाडि बढाउनुपर्दछ भनेर मैले कुरा राखिसकेको छु। जापान सरकार र आउटसोर्सिङ कम्पनीले पनि हामीसँगै मिलेर काम गर्न चाहेको छ।’ 

मन्त्री रामेश्वर राय यादवसँग पनि जापान रोजगारी प्रणालीमा म्यानपावर व्यवसायीलाई समेट्नका लागि आग्रह गरेको उनले बताए। 

‘मन्त्रीज्यू मार्चमा जापान जाँदै हुनुहुन्छ। त्यसपछि जापान रोजगारीको सम्पूर्ण प्रक्रिया टुंगो लाग्छ। हामीहरुलाई समेट्नुहुन्छ भन्ने विश्वास छ‚’ अध्यक्ष गैह्रेले थपे। 

म्यानपावरले कामदारबाट शुल्क नलिने
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जापान जाने कामदारबाट आफूहरुले कुनै पनि सेवाशुल्क नलिने बताएका छन्। 

‘हामीले कामदारसँग शुल्क लिदैनौँ। कामदार पठाएबापत प्रतिकामदार १ हजार अमेरिकी डलर हामीलाई जापानबाट प्राप्त हुन्छ‚’महासचिव श्रेष्ठले भने। 

जापानी र नेपाली व्यवसायीको ‘पार्टनरसिप’ मा प्रशिक्षण केन्द्र खोल्ने तयारी 
जापानी र नेपाली व्यवसायीहरु मिलेर नेपाली युवाहरुका लागि आवश्यक भाषा तथा सीप प्रशिक्षण केन्द्र स्थापना गर्ने तयारीमा आफूहरु लागि परेको व्यवसायीहरुले बताएका छन्। 

हामी सबै सहकार्यमा काम गर्छौँ। यसमा सरकारले पनि साथ दिन्छ भन्ने विश्वास छ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रेले भने। 

जापानी व्यवसायीले म्यानपावरलाई भने- सँगै मिलेर काम गरौँ 
जापानको आउट सोर्सिङ आइएनसी कम्पनीका सञ्चालक स्विची साओले म्यानपावर व्यवसायीहरुलाई जापान रोजगारीका सम्बन्धमा मिलेर काम गर्न सुझाएका छन्। 

‘जापानमा एकदम ठूलो संख्यामा कामदारको आवश्यकता छ। जापान सरकारले ठूलो रकम खर्च गरेर भए पनि आप्रवासी कामदार लैजाने तयारी गरिरहेको छ, यो अवसर नेपालले पाउन सक्छ। त्यसका लागि हामी सँगै मिलेर काम गरौँ‚’जापानी व्यवसायी स्विची साओले भने। 

नेपालबाट जापानमा कामदार लैजानका लागि संयन्त्र आवश्यक भएको र सो संयन्त्रका लागि नेपाली र जापानी व्यवसायीले सहकार्य गर्नुपर्ने उनले बताए। 

‘हामी सिस्टम नभई कामदार लैजान सक्दैनौँ। हामी नरहौँला तर हाम्रा सन्ततिका लागि रहिरहने सिस्टम निर्माण गर्नुपर्छ। जसका लागि सरकारले केही गरेन भन्ने होइन हामी आफैँ लाग्नुपर्छ‚’ ती व्यवसायीले भने। 

 १० वर्षमा १ लाख नेपाली लैजाने 
उनले यस वर्षदेखि सन् २०३० सम्ममा नेपालबाट १ लाख कामदार लैजाने बताए। 

उनका अनुसार उनको आउटसोर्सिङ आइएनसी कम्पनीका शाखाहरु १ सय ७० वटा देशमा रहेका छन्। सो कम्पनीले प्रशिक्षार्थी कामदार, विद्यार्थी भिसामा जाने युवा र अन्य आप्रवासी कामदारहरुलाई जापान लैजाने काम गरिरहेको छ। 

आउटसोर्सिङ कम्पनीका सञ्चालक स्विची भन्छन्, ‘जापानमा ठूलो संख्यामा कामदारको आवश्यकता छ। वृद्धवृद्धाको संख्या बढ्दै गइरहेको छ।

उनीहरुको स्याहारका लागि जति संख्यामा कामादार लगे पनि अपुग नै हुन्छ। हामीले विश्वभरिबाट सन् २०३० सम्ममा २७ लाख आप्रवासी कामदार भित्र्याउने लक्ष्य लिएका छौँ।’ 

तर नेपालबाट जापान पुगेका युवाहरु भाग्ने र अवैध बन्ने प्रवृतिले गर्दा जापानीहरु हैरानी बनेको उनको भनाइ थियो। 

नेपालीहरुलाई सभ्य व्यवहारबारे सिकाएरमात्रै जापान लैजानुपर्ने अवस्था भएकाले यो वर्ष ठूलो संख्यामा नेपाली कामदार लैजान नसकिने उनले बताए। 

‘नेपालीहरुको असभ्य बानी छ, जसले गर्दा पनि हामी नेपालीभन्दा फिलिपिन्स‚ भियतनाम, कम्बोडियालगायत अन्य मुलुकबाट कामदारहरु लैजान्छौँ। अब भाग्ने, अवैध बन्नेजस्ता खालका काम नगर्ने सहमति गरेरमात्रै हामी नेपालबाट कामदार लैजान्छौँ‚’ स्विचीले भने। 

लच्कियो सरकार
जापानमा म्यानपावरमार्फत कामदार पठाउँदा कामदारमाथि अत्यधिक आर्थिक भार पर्ने भन्दै जिटुजी अर्थात् सरकारी संयन्त्रमार्फत कामदार पठाउने अडान लिइरहेको सरकार मन्त्री फेरिएसँगै लच्किएको छ। 

जापान रोजगारीको पाटो टुंग्याउन खडा भएको जापान इकाइले सक्रियता देखाउन नसकेको प्रतिक्रिया दिँदै अब जापान रोजगारीको चाबी म्यानपावर व्यवसायीहरुलाई नै सुम्पिने तयारी नेपाल सरकारले गरेको बुझिएको छ। 

मन्त्रालयका एक सरकारी अधिकारी भन्छन्, ‘जापानसँग गरिएको श्रम समझदारी नै बलियो थिएन। समझदारी बलियो हुन नसकेपछि जापानले पनि सरकारी संयन्त्रमार्फत कामदार लैजान चाहेको छैन। जापान सरकारले त भाषा परीक्षालगायत सम्पूर्ण कामको जिम्मा आउटसोर्सिङ कम्पनीलाई नै दिएको छ। नेपालबाट पनि जापान सोही होस् भन्ने चाहन्छ।’

जापानको भाषा तथा सीप परीक्षा लगातार हुन थालेको र परीक्षामा उत्तीर्ण भएकाहरुलाई जापान कसरी पठाउने भन्नेबारे अलमल भएपछि यसको जिम्मा नीजि क्षेत्रले पाउने सम्भावना बढेको ती अधिकारीले बताए। 

जापानबाट डिमाण्ड कसले ल्याउने सो टुंगो लाग्न नसके नेपालले पाउने अवसर नै गुम्ने अवस्था छ। 

जापान सरकारले भियतनाम, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स, चीनलगायतका अन्य मुलुकबाट पनि आउटसोर्सिङ कम्पनीमार्फत कामदार लिँदै आएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्