• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

जापान रोजगारी : सरकारी संयन्त्रमार्फत् कामदार पठाउन नसकेपछि लबिङमा म्यानपावर व्यवसायी

भन्छन्- कामदारबाट सेवाशुल्क लिँदैनौँ
64x64
निर्मला घिमिरे शुक्रबार, फागुन १६, २०७६  ०६:३०
1140x725

काठमाडौं- नेपाल-जापानबीच श्रम समझदारी भएको लामो समयसम्म पनि कामदार भर्ना प्रक्रिया अलपत्र परेपछि म्यानपावर व्यवसायीहरुले लविङ सुरु गरेका छन्। 

आफूहरुले नै कामदार जापान पठाउन पाउनुपर्ने भन्दै उनीहरु कहिले शक्तिकेन्द्र, कहिले जापान सरकार त कहिले दूतावास र जापानीज व्यवसायीसम्म धाइरहेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँगको भेटघाटलाई पनि उनीहरुले बाक्लो बनाइरहेका छन्। 

बिहीबार पनि वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय बत्तीसपुतलीमा उनीहरुले जापानी व्यवसायीसँग भेटघाट तथा छलफल गरे। 

दुवै देशका व्यवसायी मिलेर बिटुबी अर्थात् व्यवसायी-व्यवसायी मिलेर जापानमा ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारसँग लविङ गर्ने निष्कर्षमा उनीहरु पुगेका छन्। 

नेपाल–जापानबीच गत चैत ११ गते तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले श्रम समझदारी (एमओसी) गरेका थिए।

सरकारी संयन्त्रमार्फत कामदार जापान पठाइने उल्लेख गरिएको थियो। जसका लागि जापान इकाइसमेत खडा गरियो। तर जापान इकाइले जापान रोजगारीका लागि कुनै सक्रियता देखाउन नसकेपछि समझदारीको ११ महिना बितिसक्दा पनि जापान कामदार पठाउनेबारे टुंगो लाग्न सकेको छैन। 

जापानले नेपालबाट पहिलो चरणमा लैजाने भनिएको नर्सिङ केयर क्षेत्रका कामदारका लागि भाषा तथा सीप परीक्षा भइरहेको छ।

Ncell 2
Ncell 2

परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई कसरी जापान पठाउने भन्ने विषयमा टुंगो नलाग्दा जापान रोजगारी अलपत्र परेको छ। 

लामो समयसम्म अलमलमा परेको जापान रोजगारीको गाँठो फुकुवा गर्न म्यानपावर व्यवसायीहरुमार्फत मात्रै सम्भव हुने भन्दै उनीहरुले लविङ सुरु गरेका हुन्।

लामो समयदेखि म्यानपावर व्यवसायीहरुले जापानका विभिन्न सरकारी तथा नीजि प्रतिनिधिहरुसँग भेटघाट बाक्लो बनाएका छन्। 

२०१९ नोभेम्बरको दोस्रो साता संघको सचिवालयमा जापान सरकारका प्रतिनिधिलाई बोलाएर नै उनीहरुले भेटघाट गरेका थिए।

जापानका सरकारी अधिकारी ताकुमा ओकादालगायत विभिन्न कम्पनीका सञ्चालकहरुसँग प्रशिक्षार्थी कामदारलगायत समझदारीअनुसार जापान कामदार लैजाने सम्बन्धमा आफूहरु संलग्न हुन पाउनुपर्नेबारे लविङ म्यानपावर व्यवसायीहरुको थियो। 

यसै सन्दर्भमा थप लविङका लागि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रे जापान पुगेर फर्किएका छन्। 

संघका अध्यक्ष गैह्रे भन्छन्, ‘म यसअघि जापान पुगेर फर्किएको छु, हामी म्यानपावर व्यवसायीहरुमार्फत नै कामदार भर्ना प्रक्रियालाई अगाडि बढाउनुपर्दछ भनेर मैले कुरा राखिसकेको छु। जापान सरकार र आउटसोर्सिङ कम्पनीले पनि हामीसँगै मिलेर काम गर्न चाहेको छ।’ 

मन्त्री रामेश्वर राय यादवसँग पनि जापान रोजगारी प्रणालीमा म्यानपावर व्यवसायीलाई समेट्नका लागि आग्रह गरेको उनले बताए। 

‘मन्त्रीज्यू मार्चमा जापान जाँदै हुनुहुन्छ। त्यसपछि जापान रोजगारीको सम्पूर्ण प्रक्रिया टुंगो लाग्छ। हामीहरुलाई समेट्नुहुन्छ भन्ने विश्वास छ‚’ अध्यक्ष गैह्रेले थपे। 

म्यानपावरले कामदारबाट शुल्क नलिने
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जापान जाने कामदारबाट आफूहरुले कुनै पनि सेवाशुल्क नलिने बताएका छन्। 

‘हामीले कामदारसँग शुल्क लिदैनौँ। कामदार पठाएबापत प्रतिकामदार १ हजार अमेरिकी डलर हामीलाई जापानबाट प्राप्त हुन्छ‚’महासचिव श्रेष्ठले भने। 

जापानी र नेपाली व्यवसायीको ‘पार्टनरसिप’ मा प्रशिक्षण केन्द्र खोल्ने तयारी 
जापानी र नेपाली व्यवसायीहरु मिलेर नेपाली युवाहरुका लागि आवश्यक भाषा तथा सीप प्रशिक्षण केन्द्र स्थापना गर्ने तयारीमा आफूहरु लागि परेको व्यवसायीहरुले बताएका छन्। 

हामी सबै सहकार्यमा काम गर्छौँ। यसमा सरकारले पनि साथ दिन्छ भन्ने विश्वास छ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रेले भने। 

जापानी व्यवसायीले म्यानपावरलाई भने- सँगै मिलेर काम गरौँ 
जापानको आउट सोर्सिङ आइएनसी कम्पनीका सञ्चालक स्विची साओले म्यानपावर व्यवसायीहरुलाई जापान रोजगारीका सम्बन्धमा मिलेर काम गर्न सुझाएका छन्। 

‘जापानमा एकदम ठूलो संख्यामा कामदारको आवश्यकता छ। जापान सरकारले ठूलो रकम खर्च गरेर भए पनि आप्रवासी कामदार लैजाने तयारी गरिरहेको छ, यो अवसर नेपालले पाउन सक्छ। त्यसका लागि हामी सँगै मिलेर काम गरौँ‚’जापानी व्यवसायी स्विची साओले भने। 

नेपालबाट जापानमा कामदार लैजानका लागि संयन्त्र आवश्यक भएको र सो संयन्त्रका लागि नेपाली र जापानी व्यवसायीले सहकार्य गर्नुपर्ने उनले बताए। 

‘हामी सिस्टम नभई कामदार लैजान सक्दैनौँ। हामी नरहौँला तर हाम्रा सन्ततिका लागि रहिरहने सिस्टम निर्माण गर्नुपर्छ। जसका लागि सरकारले केही गरेन भन्ने होइन हामी आफैँ लाग्नुपर्छ‚’ ती व्यवसायीले भने। 

 १० वर्षमा १ लाख नेपाली लैजाने 
उनले यस वर्षदेखि सन् २०३० सम्ममा नेपालबाट १ लाख कामदार लैजाने बताए। 

उनका अनुसार उनको आउटसोर्सिङ आइएनसी कम्पनीका शाखाहरु १ सय ७० वटा देशमा रहेका छन्। सो कम्पनीले प्रशिक्षार्थी कामदार, विद्यार्थी भिसामा जाने युवा र अन्य आप्रवासी कामदारहरुलाई जापान लैजाने काम गरिरहेको छ। 

आउटसोर्सिङ कम्पनीका सञ्चालक स्विची भन्छन्, ‘जापानमा ठूलो संख्यामा कामदारको आवश्यकता छ। वृद्धवृद्धाको संख्या बढ्दै गइरहेको छ।

उनीहरुको स्याहारका लागि जति संख्यामा कामादार लगे पनि अपुग नै हुन्छ। हामीले विश्वभरिबाट सन् २०३० सम्ममा २७ लाख आप्रवासी कामदार भित्र्याउने लक्ष्य लिएका छौँ।’ 

तर नेपालबाट जापान पुगेका युवाहरु भाग्ने र अवैध बन्ने प्रवृतिले गर्दा जापानीहरु हैरानी बनेको उनको भनाइ थियो। 

नेपालीहरुलाई सभ्य व्यवहारबारे सिकाएरमात्रै जापान लैजानुपर्ने अवस्था भएकाले यो वर्ष ठूलो संख्यामा नेपाली कामदार लैजान नसकिने उनले बताए। 

‘नेपालीहरुको असभ्य बानी छ, जसले गर्दा पनि हामी नेपालीभन्दा फिलिपिन्स‚ भियतनाम, कम्बोडियालगायत अन्य मुलुकबाट कामदारहरु लैजान्छौँ। अब भाग्ने, अवैध बन्नेजस्ता खालका काम नगर्ने सहमति गरेरमात्रै हामी नेपालबाट कामदार लैजान्छौँ‚’ स्विचीले भने। 

लच्कियो सरकार
जापानमा म्यानपावरमार्फत कामदार पठाउँदा कामदारमाथि अत्यधिक आर्थिक भार पर्ने भन्दै जिटुजी अर्थात् सरकारी संयन्त्रमार्फत कामदार पठाउने अडान लिइरहेको सरकार मन्त्री फेरिएसँगै लच्किएको छ। 

जापान रोजगारीको पाटो टुंग्याउन खडा भएको जापान इकाइले सक्रियता देखाउन नसकेको प्रतिक्रिया दिँदै अब जापान रोजगारीको चाबी म्यानपावर व्यवसायीहरुलाई नै सुम्पिने तयारी नेपाल सरकारले गरेको बुझिएको छ। 

मन्त्रालयका एक सरकारी अधिकारी भन्छन्, ‘जापानसँग गरिएको श्रम समझदारी नै बलियो थिएन। समझदारी बलियो हुन नसकेपछि जापानले पनि सरकारी संयन्त्रमार्फत कामदार लैजान चाहेको छैन। जापान सरकारले त भाषा परीक्षालगायत सम्पूर्ण कामको जिम्मा आउटसोर्सिङ कम्पनीलाई नै दिएको छ। नेपालबाट पनि जापान सोही होस् भन्ने चाहन्छ।’

जापानको भाषा तथा सीप परीक्षा लगातार हुन थालेको र परीक्षामा उत्तीर्ण भएकाहरुलाई जापान कसरी पठाउने भन्नेबारे अलमल भएपछि यसको जिम्मा नीजि क्षेत्रले पाउने सम्भावना बढेको ती अधिकारीले बताए। 

जापानबाट डिमाण्ड कसले ल्याउने सो टुंगो लाग्न नसके नेपालले पाउने अवसर नै गुम्ने अवस्था छ। 

जापान सरकारले भियतनाम, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स, चीनलगायतका अन्य मुलुकबाट पनि आउटसोर्सिङ कम्पनीमार्फत कामदार लिँदै आएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्