काठमाडौं– एआइजी बढुवा समितिले नेपाल प्रहरीमा रिक्त एआइजी पदका लागि तीन डिआइजीको नाम सिफारिस गरेको छ।
गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले बिहीबार तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरि पालको नाम सिफारिस गरेको हो।
अहिले बढुवा सिफारिस भएका मध्ये लम्साल आगामी असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले बाँकी रहेका दुई एआइजी क्षत्री र पालबीच भावी आइजीका लागि प्रतिस्पर्धा हुनेछ ।
तीन एआइजीको सिफारसिका लागि लम्साल, क्षत्री र पालसँगै प्रद्युम्न कार्की, निरज शाही, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए। तर बढुवा समितिले अहिले डिआइजीको बरियतामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेकैलाई एआइजी बढुवाका लागि सिफारिस गरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।