काठमाडौं– फ्रान्स पठाउने भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रुपन्देहीको साविक दुधराज गाविस–५ घर भई काठमाडौं तारकेश्वर बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई पक्राउ गरेको हो।
उनले प्याकिङ फुडमा कामका लागि फ्रान्स पठाइदिन्छु भन्दै तीन जनाबाट ३८ हजार ५० रुपैयाँ लिएकी थिइन्। त्यसपछि सम्पर्कविहिन भएकी श्रीषलाई प्रहरीले मनमैजुबाट बिहीबार पक्राउ गरेको हो।
उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।