काठमाडौं– नायिका आँचल शर्माले आफ्ना प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन्। दुई वर्षदेखिको प्रेमलाई उनीहरुले सार्थकता दिएका हुन्। उनीहरुले एक अर्कालाई औठी लगाइदिए र चाडै नै बेहुलाबेहुली बन्ने वाचासमेत गरे। आँचल र उदीपको बिहे फागुन २९ गते हुँदैछ।
इन्गेजमेन्टमा आँचलले लेहेङ्गा लगाएकी थिइन्। दुइको परिवारमात्र सहभागी भएको समारोहलाई विशेष बनाउन उनीहरुले कुनै कसर बाँकी राखेनन्। आँचल लेहेङ्गामा निकै खुलेकी थिइन्। टाउकामा ताज लगाएकी आँचल उदीपसँग खुसी देखिएकी छन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।