काठमाडौं- यती समूह निकटका नवाङ पासाङ शेर्पासहित ४ खैरो हेरोइनसहित पक्राउ परेका छन्।
उनीहरूलाई माघ १८ गते नै प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको हो। शेर्पा यति समूहका तत्कालीन अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्।
प्रहरीले शेर्पा पक्राउ परेको विषय करिब १ महिनासम्म सार्वजनिक गरेको थिएन।
राज्यका उपल्लो निकायसम्म सिधै पहुँच बनाएको यती समूहको खराब इमेज समाजमा जाने भएकाले सार्वजनिक नगरिएको आशंका गरिएको छ।
बुधबार उनीहरू चारै जनाको जिल्ला अदालतले बयान लिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। उनीहरुको थुनछेक बहस बिहीबार हुने उनले बताए।
यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा नवाङ मुछिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।