• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाबुरामले प्रधानमन्त्रीलाई संसदमै स्मरण गराएको 'भित्ते काण्ड' के हो?

64x64
किशोर दहाल बुधबार, फागुन १४, २०७६  १५:३७
1140x725

काठमाडौं- बुधबारको प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले विशेष समय लिएर बोले।

प्रतिनिधिसभामा उनले मातातिर्थ जग्गा प्रकरणका सन्दर्भमा आफ्नो स्पष्टीकरण दिए। उनी केहीदिन यता सो प्रकरणमा मुछिएका थिए। प्रधानमन्त्री केपी ओलीले नै केहि दिनअघि संसदबाटै उनको नाम नलिई आरोपित गरेका थिए र छानबिन गर्ने धम्की दिएका थिए।

'जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानविन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोही अनुरुप छानबिन हुन्छ', प्रधानमन्त्रीले भनेका थिए।

भट्टराईले आज त्यसैको जवाफ दिएका थिए। उनले सोही प्रकरणलाई केन्द्रमा राखेर अन्य विषयमा पनि आफ्नो तर्क राखेका थिए। खासगरी सबैलाई चोर देखाउन खोज्ने प्रवृत्तिको डा भट्टराई आलोचना गरे।

आफ्नो सम्बोधनका क्रममा उनले २०५१ सालको एउटा काण्डको स्मरण गरे। नेपाली राजनीतिमा भित्ते काण्ड तथा पोस्टर काण्डको नामले चिनिने सो काण्डमा डा भट्टराईमाथि खुकुरी प्रहार भएको थियो।

'लोकमान प्रवृत्ति भनेर हामीले चिनेका छौं। उनले सबैलाई मुद्दा लगाएर तर्साएर आफ्नो फाइदा लिने काम गर्थे। यदि त्यसै गर्न खोजिएको हो भने म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु- जतिबेला हामीले २०५१ सालमा जनयुद्धको हामीले तयारी गर्दैथियौं। त्यतिबेला चर्चित भित्ते काण्ड भएको थियो। त्यतिबेला सिंहदरबार अगाडि म लगायतका साथीहरु, उहाँ गृहमन्त्री हुनुहुन्थ्यो, उहाँलाई हामीले ज्ञापन पत्र बुझाउन जाँदा उहाँको अरिंगाल सेनाले मलाई आएर खुकुरीले हानेको प्रसंग अहिले पनि याद छ', डा भट्टराईले स्मरण गरे।

उनले अगाडि चेतावनी दिए- 'उहाँले लोकमानलाई झैं तर्साएर झुकाउँछु भन्ने ठान्नुभएको हो भने त्यो प्रसंग उहाँले सम्झिँदा राम्रो होला। त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के हो त्यो सम्झिँदा ठीकै होला भन्ने मलाई लाग्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

के हो भित्ते काण्ड?
२०५१ सालको मध्यावधि निर्वाचनपछि नेकपा एमालेले अल्पमतको सरकार बनायो। तर, ९ महिनामै मध्यावधि निर्वाचन घोषणा गरियो। वर्षदिन नपुग्दै घोषणा भएको दोस्रो मध्यावधि चुनावलाई लिएर राजनीतिक दलहरु विभाजित भए। संयुक्त जनमोर्चाले पनि मध्यावधि चुनावको विरोध जनायो।

रत्नपार्कस्थित विद्युत प्राधिकरणको भित्तोलाई राजनीतिक दलहरुले आफ्नो नारा लेख्न खुबै प्रयोग हुन्थ्यो। कतिपय अवस्थामा त्यो प्रतिष्ठाको विषय पनि बन्ने गर्थ्यो। त्यहाँ एउटा दलले लेखेको नारा अर्को दलले मेट्नेसम्मका हर्कत हुन्थे। यही हर्कतले जन्माएको थियो- पोस्टर काण्ड/भित्तो काण्ड।

भित्तामा संयुक्त जनमोर्चाले जेठमै मध्यावधि निर्वाचन बहिस्कार गर्न अपिल गर्दै नारा लेख्यो। त्यसलाई एमालेका कार्यकर्ताले असार २३ गते राति मेटिदिए। भोलिपल्टै संजमोले आफ्नो नारा लेख्यो।

यस्तो चलिरहन्थ्यो र झडप भइरहन्थ्यो। यो प्रसंगमा पनि सानातिना झडप भइरहेकै थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साउन मध्यतिर यो प्रक्रिया फेरि सुरु भयो। संजमोको नारा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले मेटिदिए। र, एमालेको चुनावी नारा लेखे।

साउन २१ गते संजमोका महासचिव पम्फा भुसाल, हिसिला यमि तथा शक्ति लम्सालहरुले एमालेलाई उक्त नारा मेट्न अनुरोध गरे। तर, कुनै सुनुवाइ गरेनन्। त्यसपछि, उनीहरु आफैंले नारा मेट्न थाले। नजिकै केन्द्रीय कार्यालय रहेको अनेरास्ववियुका कार्यकर्ताले प्रतिकार गर्न थाले। त्यसले झडप निम्त्यायो। झडपमा संजमोका दिनेश शर्मा र अनेरास्ववियुका राजेन्द्र राई गम्भीर घाइते भए। अन्य धेरै सामान्य घाइते भए।

घटनापछि पम्फा भुसाल, हिसिला यमि, शक्ति लम्साल, भीम अधिकारी लगायतलाई प्रहरीले गिरफ्तार गर्‍यो। 

भोलिपल्ट संजमोका अध्यक्ष डा बाबुराम भट्टराईले एक विज्ञप्ति जारी गर्दै पीडित पक्षलाई नै दोषको भागीदार बनाउने गरी गिरफ्तार गरिएको र एमाले सरकारले अपनाउन लागेको सामाजिक फासिवादी ज्वलन्त रुप देखिएको बताए।

साउन २३ गते संजमोले सिंहदरबारअगाडि धर्ना आयोजना गर्‍यो। गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि थियो। सिंहदरबारतर्फ अघि बढेको जनमोर्चाको जुलुसलाई एमालेका कार्यकर्ताले भद्रकाली नपुग्दै आक्रमण गरे।

रुपनारायण श्रेष्ठ, राजेन्द्र राई लगायत एमालेका नेताहरु जनमोर्चाविरुद्धको आक्रमणमा उत्रिएका थिए। रुपनारायण श्रेष्ठले बाबुराममाथि खुकुरी प्रहार गर्न खोज्दा अग्लो कदका लेखराज भट्ट र बक्सरसमेत रहेका सुरेश आले मगरले श्रेष्ठको हात समातेर बाबुरामलाई जोगाए। बाबुराममाथिको प्रहार रोक्ने क्रममा लेखराजलाई चोट लाग्यो भने बाबुराम जोगिए (अविराम बाबुराम/अनिल थापा)।

अनेरास्ववियुको त्यस आक्रमणको नेतृत्व अहिलेका पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा आएका विद्यार्थी र कार्यकर्ताले गरेका थिए।

‘साउन २१ सिंहदरबारअगाडि शान्तिपूर्ण तवरबाट धर्ना दिइरहेका संयुक्त जनमोर्चाका नेता एवं कार्यकर्तामाथि अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा गएको एक हुलले सांघातिक आक्रमण गरेको थियो,' २०५२ साउन २८ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित समाचारमा उल्लेख छ।

त्यसपछि डा भट्टराई आफ्ना नेता तथा कार्यकर्ता लिई भोटाहिटीतिर लागे। रत्नपार्क क्षेत्रमा तैनाथ रहेका प्रहरीले जुलुसमाथि अन्धाधुन्ध अश्रुग्यास फ्याँके।

'२३ गते संजमोका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई विरोध तथा ज्ञापनपत्र पनि बुझाउन खोज्नुभएको थियो। तर प्रमले बुझ्न अस्वीकार गरेपछि सो पत्र हुलाकमार्फत पठाइएको छ। विरोध तथा ज्ञापनपत्रमा थुनामा रहेका पम्फा भुसाल, हिसिला यमि, शक्ति लम्साल लगायतका व्यक्तिहरुलाई रिहा गरी संजमो समर्थकमाथि लगाइएको मुद्दा र वारेन्ट खारेजी, गुण्डागर्दी गर्ने एमाले पक्षधरहरुको गिरफ्तारी र निजहरुमाथि सख्त कारबाही, दिनेश शर्मा लगायत घाइतेहरुको समुचित उपचारको व्यवस्था, भित्तामा नेकपा (माओवादी) को प्रचार सामाग्रीको पुनर्स्थापना र नष्ट नहुने ग्यारेन्टी तथा एमाले पार्टी र सरकारका प्रतिपक्षी पार्टीहरुप्रति अपनाइएका नवफासिवादी रवैया र गतिविधिमाथि रोकको माग गरिएको छ,' घटनाबारे २०५२ साउन २६ गतेको साप्ताहिक विमर्शमा लेखिएको छ।

यस घटनालाई अन्य वाम पार्टीले पनि आलोचना गरे। विभिन्न ९ वटा वाम दलले साउन २४ गते संयुक्त विज्ञप्तिमार्फत विरोध गरे। विज्ञप्ति जारी गर्नेमा नेपाली कम्युनिस्ट लिगका शम्भुराम श्रेष्ठ, नेकपा (एकता केन्द्र) का नरबहादुर कर्माचार्य, नेकपा (मसाल) का दीनानाथ शर्मा, नेकपा (संयुक्त) का विष्णुबहादुर मानन्धर, नेकपा (मार्क्सवादी) का लोकनारायण सुवेदी, संयुक्त जनमोर्चा (वैद्य) का लीलामणि पोखरेल, क्रान्तिकारी वाममोर्चा नेपालका नन्दकुमार प्रसाई, जनएकता मोर्चाका मोहनचन्द्र अधिकारी र संयुक्त जनमोर्चा (भट्टराई) का डा बाबुराम भट्टराई थिए।

‘सो भित्तामा गत असार १६ गतेदेखि नेकपा माओवादीको मध्यावधि चुनाव बहिस्कारसम्बन्धी प्रचार सामाग्री लेखिएकोमा एमालेले आफ्नो विद्यार्थी संगठनमार्फत गत साउन १७ गते सो प्रचार सामग्री मेटेर एमालेको चुनावी नारा लेख्नु सरासर बलमिचाइँ र बदमासीपूर्ण देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सो कुराको विरोध गर्न साउन २१ गते त्यहाँ गएका नेकपा माओवादीका समर्थकहरु र संयुक्त जनमोर्चा नेपाल तथा अन्य जनवर्गीय संगठनका नेता र कार्यकर्तामाथि उल्टै एमाले समर्थकहरुले सांघातिक आक्रमण गर्नु र एमाले सरकारले पीडित पक्षका नेताहरु पम्फा भुसाल, हिसिला यमि, शक्ति लम्साल आदिलाई गिरफ्तार गरेर थुनामा राख्नु ज्यादै निन्दनीय काम हो।’

विज्ञप्तिमा अगाडि भनिएको  छ- ‘वर्तमान घटनाक्रम एउटा भित्तामा नारा लेख्ने विषयसँग मात्र सम्बन्धित नभएर एमाले पार्टीको मार्क्सवादबाट पथ विचलनको परिणाम र सामान्य बुर्जुवा प्रजातान्त्रिक अधिकारसमेत हनन गर्ने गैरप्रजातान्त्रिक चरित्रको नमुना हो। पञ्चायत र कांग्रेसकालको अप्रजातान्त्रिक र विपक्षीहरुप्रतिको दमनकारी नीतिलाई समेत उछिन्ने एमाले पार्टी र सरकारको यस्तो सर्वसत्तावादी र आतंककारी गतिविधिको सबै प्रजातान्त्रिक र वामपन्थी शक्तिहरुले विरोध गर्नु आवश्यक छ।’

त्यस्तै उनीहरुले साउन २८ गते जुलुस निकाल्नुका साथै खुलामञ्चमा आमसभा समेत गरे। सभालाई सम्बोधन गर्दै डा भट्टराईले भने, ‘संशोधनवाद भनेको हरियो सर्प हो, यसले डस्ने काम गर्दछ। एमालेका कार्यकर्ता नयाँ मण्डले हुन्। त्यसैले अब एमाले कम्युनिस्टबाट पतन भई तानाशाह बनेको छ तर उसले चुनाव जित्यो भने हिटलर र पञ्चायतभन्दा कम हुनेछैन। यदि एमालेले बाबुरामको टाउको काट्यो भने मनमोहन र माधवहरुको टाउको पनि रहने छैन।’ 

(२०५२ साउन २६ गते विमर्श साप्ताहिकमा छापिएको तस्बिर)

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्