काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङको धुँनिबेसी नगरपालिका–७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा, कास्कीको मादी गाउँपालिका–८ का ३७ वषीय युवराज सापकोटा र काठमाडौं बुढानिलकण्ठकी ४० वर्षीया कमला तामाङ छन्।
कपन खरिबोटमा रेड पाण्डाको छाला किनबेचन गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो।
सूर्यले रेडपाण्डाको छाला झोलाभित्र प्लाष्टिकले बेरेर राखेका थिए। पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।