काठमाडौं- बुहारीको हत्या गर्ने बाबुछोरीलाई तीन वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आइतबार काठमाडौं गोठाटारबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिन्धुली गोलञ्जोर गाउँपालिका-७ बस्ने ७३ वर्षीय यज्ञप्रसाद चौलागाईं र उनकी छोरी ३४ वर्षीया सम्झना भन्ने टिका कुमारी चौलागाईं रहेका छन्।
२०७३ कात्तिक ३० गते सिन्धुली भिमेश्वरस्थित विकासे कुलोनजिकै तुलसा कुमारी पहाडीको शव फेला परेको थियो। उनलाई ससुरा नाता पर्ने यज्ञप्रसाद र देउरानी नाता पर्ने टीकाकुमारीले कुटपिट हत्या गरेर फालेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले २०७६ जेठ १० उनीहरुलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो।
उक्त सजाय बेरुजु रही दुवै जना प्रतिवादीहरु फरार रहेका थिए। फैसला कार्यान्वयनको लागि दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।