काठमाडौं- ३० लाख रुपैयाँ चोरी गरेको आरोप लागेका एक व्यक्ति २० लाख ५० हजार नगदसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्की ठाँटीघाट गाउँपालिका-६ का स्थायी ठेगाना भई हाल काठमाडौं कलंकी बस्दै आएका खगेन्द्रकुमार थापा छन्।
महानगरीय अपराध महाशाखा र ललितपुर परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। २० वर्षीय थापाले ललितपुर-१३ खरीबोटबाट ३० लाख चोरी गरेको आरोप लागेको छ।
भारतीय नागरिक सुरूचि (सुरजु)यादवले संञ्चालन गरेको पशुपति भिभा नामक जुस स्टोरबाट सो रकम चोरी भएको भन्दै उजरी दिएका थिए।
पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।