काठमाडौं– ठगहरुले अनेक चाल हुन्छन्। काठमाडौंमा एक समूहले आफुहरु भिआईपी व्यक्ति हुँ भन्दै प्रहरी र सेनालाई नै ठगी गरेका छन्।
यून मिसनमा पठाइदिने तथा बढुवा गरिदिने भन्दै ठग्ने महिलासहित चार जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तनहुँ व्यास नगरपालिका–११ घर भएका ४० बर्षीया यमुना खड्कासहित लम्जुङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–११ बस्ने २८ बर्षीय मोहन दुरा, लम्जुङ घर भई काठमाडौँ मनमंैजु बस्ने ४७ बर्षीय पशुपति अधिकारी, कास्की रुपा गाउँपालिका घर भई बनस्थली बस्ने ३९ बर्षीय रमेश कुमाल रहेका छन्।
उनीहरुले राष्ट्रिय अनुसन्धान बिभागमा सिपाहीको लागि प्रति व्यक्ति २ लाख, नेपाली सेनाको सेकेण्ड लेप्mिटनेन्टको लागि ७ लाख, शान्ति सेनामा पठाउने भनी प्रति व्यक्ति २ लाख तथा पोल्याण्ड लगायतका देश पठाईदिने भनी १ लाख ५० हजारको दरले करीव १ करोड १५ लाख उठाएको अनुसन्धानबाट खुलेको छ।
ठगी गर्ने क्रममा मोहन दुराले आफुलाई नेपाली सेनाको जमदार तथा बहालवाल जर्नेलको पिए हुँ भनी बताउने गरेको तथा यमुना खड्काले आफुलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजीको श्रीमती हुँ भनी चिनाउने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ।
काठमाडौं परिसरका डिएसपी मोहन थापाका अनुसार पक्राउ परेकी यमुना लामो समयदेखि ठगीधन्दामा संलग्न रहेको खुलेको छ। पीडित प्रहरी र सैनिकले भने लाजले उजुरी दिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।