पोखरा- पोखरा विश्वविद्यालय स्थापनाको २१ वर्षपछि पहिलो पटक भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अनेरास्वियुका सुनिल तिमिल्सेना विजयी भएका छन्।
संस्थापक सभापति बन्न सफल तिमिल्सिनाले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै ८ सय ४५ मत ल्याए। सभापति पदका निकतम प्रतिस्पर्धी नेविसंघका डिफान भुजेलले ६ सय १९, अखिल क्रान्तिकारिका सुधन पन्तले ४९, स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी अनेरास्ववियुकी बागी कुसुमशिला भट्टले एक सय ४८ र नेविसंघका बागी सुभाषप्रसाद पौडेलले ७५ मत प्राप्त गरे।
सचिव पदका लागि भएको निर्वाचनमा अनेरास्वियुका सुरज परियार ९ सय १४ मत ल्याई विजयी भए। उनका प्रतिस्पर्धी नेविसंघका नारायण सापकोटाले ५ सय ४० र अखिल क्रान्तिकारीका विनायक तिमिल्सिनाले एक सय ३० मत प्राप्त गरेका थिए।
कोषाध्यक्षमा अनेरास्ववियुकी प्रकृति दवाडी ७ सय २१ मत ल्याई विजयी भइन्।
खुल्ला सदस्यतर्फ अनेरास्वियुका आशिष केसी, यमुना क्षेत्री, विनोद बुढा, धनश्याम डुम्रे, सन्देश तिमिल्सेना, नरेश खनाल विजयी भए। नेविसंघको तर्फबाट सरोज साह र गणेश रिमाल पनि खुल्ला सदस्यमा विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।