काठमाडौं- सनेपास्थित स्वीजरल्याण्ड दूतावासले कमिसन काण्डमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
स्वीजरल्याण्ड दूतावासले सोसम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको पनि प्रष्ट पारेको छ।
दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउँदै समाचारमा उल्लेखित व्यक्तिसँग दूतावासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्वीस कम्पनीको स्थायी एजेन्ट नरहेको उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।