• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सञ्चारमन्त्रीले कमिसन डिल गर्ने मिश्र को हुन्?

64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  १०:४९
1140x725

काठमाडौं– गत पुस ७ गतेको मन्त्रिपरिषद निर्णयबाट सरकारले सुरक्षित मुद्रण (सेक्युरिटी प्रिन्टिङ मेसिन) खरिद गर्न सरकार–सरकार (जिटुजी) प्रकृयामार्फत् जाने र त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रकम निकासा गर्ने निर्णय गर्‍यो। फ्रान्स र जर्मन सरकारबाट प्राप्त प्रस्तावमध्ये उपयुक्त प्रस्तावलाई स्वीकार्ने मन्त्रिपरिषदको निर्णय थियो। 

सरकारको उक्त निर्णयपछि सेक्युरिटी प्रिन्टिङ खरिदमा अनियमितता भएको भन्दै प्रवेश श्रेष्ठका नामबाट सार्वजनिक लेखा समितिमा उजुरी पर्‍यो। लेखा समितिले उक्त उजुरीमाथि छानबिन अघि बढायो। 

छानबिनकै क्रमममा गत पुस २१ गतेको बैठकमा सुरक्षित मुद्रण विज्ञका रुपमा विजयप्रकाश मिश्रलाई बोलाएको थियो लेखा समितिले। मिश्र तिनै व्यक्ति हुन्, जसले अहिले सार्वजनिक भएको मन्त्री बाँस्कोटासँग भएको भनिएको कमिसन डिलसम्बन्धी अडियोमा कुराकानी गरेका छन्। 

त्यो दिन समिति बैठकमा मिश्रसँगै अर्का एक व्यक्ति पनि उपस्थित थिए सुदीपराज पाण्डे। दुवैजनाले सेक्युरिटी प्रिन्ट खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै लेखा समितिलाई आश्वस्त पार्न खोजेका थिए। तर लेखा समितिका सदस्यहरुले भने ती व्यक्तिलाई नै शंकाको दृष्टिले हेरे। लेखा समितिले बिज्ञ भनेर बोलाएका व्यक्तिले अनियमितताको ठोकुवा गरेको र प्रमाण आफूसँग रहेको बताइरहँदा समितिमा भएका सांसदहरुले भने पत्याएनन्। ‘आफुले ठेक्का नपाएपछि अनियमितता भएको भनेर आरोप लगाएको’ भन्ने अर्थमा सांसदहरुले मिश्रको प्रस्तुतिलाई बुझे। 

सांसद सूर्य पाठकले ‘तपाईको विज्ञताको प्रमाणपत्र के हो? सरकारले किन्न ल्याएको मेसिनको गुणस्तर के हो र त्यसको बजार मूल्य कति छ? भनेर बुझ्न तपाईलाई समितिमा बोलाएको। हाम्रो छलफलको चुरो मिलिरहेको छैन। नत्र त जसले जे निवेदन ल्याउँछ र बजारमा जे भन्दै हिड्छ त्यसलाई सोझै समितिमा ल्याएर छलफलको विषय बनाउन हुँदैन,’ भनेपछि अरु सांसदहरुले पनि त्यसैलाई सहमति जनाए। 

अरु सांसदहरुले पनि मिश्रको विज्ञता के हो र कुन आधारमा उनलाई समितिमा बोलाएको हो  भन्ने प्रश्न सभापति भरत शाहलाई गरेका थिए। सुरक्षित मुद्रणको बजार मूल्य र त्यसको प्रविधि तथा गुणस्तरका विषयमा जानकारी लिन बोलाएको व्यक्तिले आर्थिक अनियमितता भएको विषय उठाएपछि लेखा समितिमा थप छलफल अगाडि बढेन। तर समितिले त्यो विषयमा थप अध्ययन गर्ने निर्णय गर्‍यो। 

मन्त्रिपरिषदले जिटुजी प्रकृयामार्फत् सेक्युरिटी प्रिन्ट खरिद गर्दा आर्थिक अनियमितता भएको विषय समितिमा जबर्जस्त रुपमा राखे पनि उनले आफ्नो पुरा परिचयसमेत लेखा समितिमा दिएका थिएनन्। समिति बैठकपछि बाहिर सञ्चारकर्मीहरुले मिश्रका बारेमा थप जान्न खोजे पनि उनले आफ्नो कुनै परिचय दिएनन्। उनले बारम्बार ‘यसमा ठूलो खेल छ र त्यसको हामीसँग प्रमाण छ’ भनिरहेका थिए। 

मिश्र मेसिनरी एन्ड सेक्युरिटी प्रिन्टिङ प्रालि नेपालका सञ्चालक हुन। तर उनले लेखा समितिलाई आफ्नो त्यो परिचय दिएनन्। ‘म एक सचेत नागरिक हुँ, जसले यो आर्थिक अनियमितता हुन नपाओस भनेर यी सबै कुरा भनिरहेको छ,’ मिश्रले समितिमा भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यतया ९० मिलियन देखि १ सय मिलियन अमेरिकी डलर बराबर मात्रै पर्ने मेसिनलाई सरकारले २ सय मिलियन अमेरिकी डलर तिर्न लागेको र यसमा ५० मिलियनदेखि ६० मिलियन अमेरिकी डलरको अनियमितता हुन लागेको मिश्रको भनाइ थियो। 

तर उनी आफैं पनि सेक्युरिटी कम्पनीका सञ्चालक भएको बुझेपछि समितिका सांसदहरुले उनको अभिव्यक्तिलाई गम्भीर रुपमा लिएनन्। 

मन्त्रिपरिषदको गत कात्तिक २० गतेको निर्णयले सुरक्षण मुद्रणसम्बन्धी उपकरण सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ अनुसार जिटुजी मोडलमा खरिद गर्ने निर्णय गरेको थियो। जसमा फ्रान्स र जर्मनीबाट प्राप्त प्रस्तावलाई मूल्यांकन गरेर सुरक्षण मुद्रण खरिदका लागि पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रकम निकासा गर्ने निर्णयसमेत गरिसकेको छ।

लमजुङनिवासी उनी जापानमा बस्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तस्बिर : लेखा समितिको बैठकमा विजय मिश्र (दायाँ)। फाइल तस्बिर

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्