काठमाडौं- पत्रकार महासंघले कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लान्छना लगाउने काम हुनु निन्दनीय भएको बताएको छ।
चिनियाँ दूतावासले काठमाडौं पोस्टमा प्रकाशित एक लेखमा प्रयोग गरिएको डिजिटल मोन्टाजप्रति आपत्ति जनाउँदै मंगलबार धम्कीयुक्त विज्ञप्ति जारी गरेको थियो। दूतावासको धम्कीको नेपालमा विरोध भइरहेको छ।
महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासको पछिल्लो विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
'महासंघ संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।