काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलमाथि भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगले बुधबार पौडेललेमाथि १ लाख रुपैयँ बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।
पौडेलले सूचना‚ सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकमबाट घुस मागेको भन्ने सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले घुस बापत १ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अख्तियारले पौडेलविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (ग) बमोजिम सजायको मागदाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।