काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ बोल्दे घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङ छन्। तामाङले बलेफी हाइड्रोपावरका ठेकेदारसहित अन्य व्यक्तिलाई हातहतियारसहित धम्की दिने गरेको पाइएपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
पैसा माग्ने र नदिएको अवस्थामा ज्यान मार्ने, हातखुट्टा भाँचिदिने जस्ता धम्की तामाङले दिने गरेको आरोप लागेको छ। पक्राउ परेका तामाङलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । पक्राउ परेका तामाङ यसअघि पनि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा १८ महिना जेल बसेर छुटेका व्यक्ति हुन् । त्यस्तै उनीविरुद्ध ज्यान मार्ने उद्योगमा सिन्धुपाल्चोकमा समेत मुद्दा चलेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।