काठमाडौं– बम विस्फोटमा संलग्न भएको आरोपमा सुुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–६ डाँगी बस्ने ३८ वर्षीय गोपाल बस्नेत छन्।
सुनसरीको धरान उपमहानगरपालिका–१८ स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा २०७६ भदौ २० गते उनले बम राखेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका–८ बरगाछी चोकबाट मंगलबार दिउँसो पक्राउ गरेको हो। साथै उनको साथबाट मोबाइल ४ थान र डायरी ४ थानसमेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।