काठमाडौं– व्यक्तिको घरमा ग्रिनेट राखेर रकम बार्गेनिङ गरेको आरोपमा नेपाली सेनाका अवकाशप्राप्त हवल्दार राजकुमार सार्की पक्राउ परेका छन्।
ललितपुरको गोदावारीमा एक व्यक्तिको नीजि घरमा ग्रिनेट राखेर रकमको बार्गेनिङ गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार पक्राउ गरेको हो। नेपाल प्रहरीको अपराध महाशाखाको सहयोगमा चापागाउँ प्रहरी वृत्तले सार्कीलाई पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
ललितपुरको गोदावरी नगरापलिका-५ स्थित एक घरमा शक्तिशाली ग्रिनेट बम फेला परपछि प्रहरीले अनुसन्धान टोली खटाएको थियो। सोमबार बिहान स्थानीय शुकराम मिजारको घरको छतमा ग्रिनेट बम भेटिएको थियो। घरको छतमा बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै सेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।