काठमाडौं– गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत महाराजगञ्जको प्रहरी टोलीले लामालाई लाजिम्पाटबाट गएराति पक्राउ गरेको हो।
रक्सी खाएर प्रहरीसँग विवाद गरेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ परेका लामा गुण्डा नाइके दावा लामाका सहयोगी हुन्। काभ्रेका लामा काठमाडौं र काभ्रे आसपासलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गरेको आरोपमा यसअघि पनि पक्राउ परेर छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।