काठमाडौं- डा शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा शपथ लिएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष डा तुम्बाहाङ्फेले शपथ लिएकी हुन्।
केही समय प्रतिनिधिसभाको नेतृत्व सम्हालेकी तुम्बाहाङ्फेले उपसभामुख पदबाट केही समय अघि मात्र राजीनामा दिएकी थिइन्।
नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले राजीनामा दिन आग्रह गर्ने निर्णय गरेपनि उनले केही समय राजीनामा दिन आलटाल गरेकी थिइन्।
उनलाई राष्ट्रपति भण्डारीको समर्थन पाएकी नेताका रुपमा हेरिएको थियो।
उपसभामुखबाट राजीनामा दिनुअघि सभामुख पदमा दाबी गर्दै उनले राजीनामा दिन ढिलाइ गरेकी थिइन्।
तस्बिरहरू



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।