काठमाडौं-बलात्कार प्रयासको अभियोगबाट सफाई पाएसँगै अदालतबाट रिहा भएका पूर्व सभामुख कृष्णबहादुर महराले अदालतसँगै जेलका कैदी बन्दीलाई समेत धन्यवाद दिएका छन्।
उनले न्याय दिने अदालतप्रति कृतज्ञ भएको बताए।
कारागारमा बस्दा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दीलाई धन्यवाद दिँदै बाहिरिएका उनले‘अरु कुरापछि गरौंला’ भन्दै रातो कार चढेर खुमलटारको डेरातिर हिडे।
रातो कारको संयोग
महरा बलात्कार आरोपमा अनुसन्धानका लागि पक्राउ पर्दा जुन कारमा प्रहरी कार्यालय आएका थिए सोमबार डिल्लीबजार कारागारबाट बाहिरिदा पनि उही कारमा निस्किए। उनी प्रहरी सहित निस्कदा सभामुखको सरकारी निवास बालुवाटारमै थिए। तर फर्कदा त्यहाँ गएनन्। अहिले उनी बसेको निवासमा उनकै पार्टीका नेता अग्नी सापकोटा छन्। उनको परिवार अहिले खुमलटारमा डेरामा बस्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।