काठमाडौं- जिल्ला अदालतले पूर्वसभामुख महरालाई सफाइ दिएपछि उनी रिहा भएका छन्।
डिल्लीबजार कारागारबाट उनी सोमबार नै रिहा भएका हुन्।
जेल बाहिर निस्किएपछि उनलाई फूलमाला राष्ट्रिय झन्डाले स्वागत गरिएको छ।
सभामुख पदमा बहाल रहेकै बेला संसद् सचिवालयकी कर्मचारीले उनीमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन्।
उनले असोज १८ गते महराले प्रहरीमा किटानी जाहेरी गरेपछि उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो।
सोमबार महरा निर्दोष रहेको ठहर अदालतले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।