काठमाडौं–काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध चित्त नबुझे पुनरावेदन जाने कानुनी बाटो खुल्ला भए पनि पुनरावेदनबाट फरक आदेश नआएसम्म पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष हुन्।
असोज १३ गतेबाट सुरु भएको उनको ‘साढे सात’को दशा कट्न १ सय ४१ दिन लाग्यो।
यो बीचमा उनले प्रतिनिधि सभाको सभामुख पद गुमाइसके। उनको स्थानका अग्नी सापकोटा निर्वाचित भइसके।
धन्न पार्टी नेकपाको निर्देशन अवज्ञा गर्दै सांसद पदबाट राजीनामा नदिदा उनको सांसद पद भने जोगिएको छ।
संसद सचिवालयकै कर्मचारीले बलात्कारको आरोप लगाउँदा पार्टीका शिर्ष तहका नेताहरुसँग उनको व्यक्तिगत सम्बन्ध तितो भइसकेको अवस्थामा अब उनले सांसदको रुपमा आफ्नो सक्रियता कसरी बढाउँछन् । त्यो पाटो चाख लाग्दो हुनेछ।
महराले भुल्न नसक्ने १ सय ४१ दिन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।