• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
आरसिटीले नचिताएको फुटबल सफल क्लबको उचो इतिहास र कमजोर वर्तमान
ऋग्वेद शर्मा/सरोज तामाङ सोमबार, फागुन ५, २०७६  ११:२८
1140x725

काठमाडौं- रानीपोखरी नजिकै जमलको कुनो अहिले व्यापारिक परिचयमा छ। तर एक समय यसको परिचय फुटबलसँग बढी जोडिएको थियो। त्यहाँ कसरी फुटबलको आधिपत्य थियो- अघिल्लो पुस्ताका जो खेलाडीलाई सोध्दा हुन्छ। 

अहिले पनि जमलको त्यही कुनामा आरसिटी अर्थात रानीपोखरी कर्नर टिम उसैगरी छ। तर फुटबलमा देखिएको आरसिटीको उचाइ भने उसैगरी छैन। 

टोलका सबै पसल बन्द भएर दर्शक उर्लने क्लबबारे अहिले नजिकै रहेकालाई पनि जानकारी छैन। जमल कुनामै पाँच तले घरको माथिल्लो तलामा गर्विलो इतिहास झल्कने संग्रहालय बनाएको आरसिटीको वर्तमान भने लुकाउन लायक छ। 

आरसिटी यो अवस्थामा होला भनेर नेपाली फुटबलको अघिल्लो पुस्ताको कल्पनामा समेत थिएन। एक समय आफ्नै तीन क्लब ‘ए’ डिभिजनमा उपस्थित आरसिटी अहिले ‘कमजोर’ देखिएको छ। 

आरसिटीको यो अवस्थापछाडि कारण एउटै नहोला, तर ६ पटक ‘ए’ डिभिजन लिगको विजेता टिम ‘बी’ डिभिजनको तयारीमा जुटिरहँदा खल्लो भइनै हाल्छ। 

हुन त गएको वर्ष नै आरसिटीले ‘बी’ डिभिजनको उपाधि जितेको हो। तर पनि ‘ए’ डिभिजनमा खेल्न पाएन। नेपाली फुटबलमा मात्र देखिने केही अनौठो नियमका कारण। अलिख नेपाल फुटबल संघ (एन्फा)ले गरेको रेलिगेसनबिनाको लिगमा कुनै क्लब तल झरेनन् र कुनै क्लब माथि पनि चढेनन्। 

त्यसले गएको वर्ष रेलिगेसननजिक रहेको मछिन्द्रले यो वर्ष ‘ए’ डिभिजन लिगको उपाधि नै जित्यो भने ‘बी’ डिभिजनको विजेता भएर पनि आरसिटी अहिले पुनः ‘बी’ डिभिजनकै तयारीमा लाग्नुपरेको छ।  

मध्यपुर युथ एशोसियसन र आरसिटीबीचको अभ्यास खेल।

ती दिनमा फर्केर हेर्दा

बिस १९८९ साल अघिदेखि नै कमलाक्षी, भोटाहिटी, महाबौद्ध, त्यौड, न्हैकन्तला र बालकुमारीका युवाले विभिन्न समूह बनाएर फुटबलमा भुल्न थालेका थिए। त्यससमय राणा प्रधानमन्त्री वीरशमशेरका छोरा रुद्र शमशेरले आरसिटी क्लब स्थापना गर्न सहयोग गरेको इतिहास छ।

बिस २०२४ सालमा पहिलोपटक ‘बी’ डिभिजनबाट आधिकारिक फुटबल यात्रा सुरु गरेको आरसिटी अर्थात रानीपोखरी कर्नर टिम २०२५ सालमा नै ‘ए’ डिभिजनमा उक्लियो। त्यसले बिस १९८९ सालमा स्थापना भएको आरसिटीले नयाँ उचाइ पायो। 

सिंहदरबार अगाडिको ब्लेड घरको मैदानमा कप्तान पुरुषोत्तम श्रेष्ठ, माणिकरत्न तुलाधर, सीताराम थपलिया, केदार श्रेष्ठ, गजेन्द्र प्रधान, मोहनमान राजभण्डारी, विनोद शर्मा, चक्र मालाकार, विष्णुहरि राजभण्डारी, प्रेमकाजी शाक्य र गंगा श्रेष्ठलगायत खेलाडी आरसिटीलाई ‘ए’ डिभिजन पुर्‍याउन महत्वपूर्ण थिए। 

हुन त २०११ सालमा सहिद स्मारक लिग सुरु हुनुअघि नै राष्ट्रिय लिगकै रुपमा रहेको ‘रामजानकी लिग’ मा आरसिटीले उपाधि नै जितेको थियो। त्यसैले दर्शकहरु आरसिटीको खेलबारे जानकार थिए। समर्थनका लागि पसलहरु बन्द गरेर टोल नै उठेर मैदान पुग्थ्यो।

आरसिटीको बढ्दो समर्थनसँगै खेलले पनि उचाइ लिग्दै गयो। २०२५ सालमा ‘ए’ डिभिजन खेलेको क्लबले २०२६ सालमा त लिग उपाधि जित्यो। त्यसले स्थानीय युवा खेलाडीको लगाव आरसिटीमा निकै बढ्यो। त्यसैको उपलब्धी हुनुपर्छ आरसिटीले २०२८, २०२९ र २०३० सालमा लगातार तीन लिग उपाधि जित्दै ऐतिहासिक महत्वको ‘ट्रफी’ आफ्नो बनायो। 

२०३० सालमा नै पहिलो शुभजन्मोत्सव कपको उपाधि जितेपछि त नेपाल बाहिरका प्रतियोगिता खेल्ने अवसरसमेत पाएको थियो। विशेषतः भारत दार्जीलिङ र बिहारमा प्रतियोगिता खेल्न आरसिटी पुगेको थियो। त्यसअघि २०२९ सालमा नै तत्कालीन सोभियत संघ (रुस) को टिम मैत्रीपूर्ण खेलका लागि नेपाल आउँदा आरसिटीले नै खेलेको थियो। 

एकपछि अर्को खेलमा मिलेको सफलता र चर्चाले आरसिटीमा खेलाडीको संख्या समेत बढ्दै गएको थियो। त्यसैले पहिलो रोजाइँको टिममा स्थान बनाउन राम्रै दरिएका खेलाडीलाई पनि हम्मे पर्थ्यो। त्यसले अन्नपूर्ण क्लबका रुपमा आरसिटीकै दोस्रो टिमसमेत नोपली फुटबलमा देखापर्‍यो। २०२७ सालमा नै ‘ए’ डिभिजन लिगमा प्रवेश गरेको अन्नपूर्ण २०२८, २०२९ र २०३० सालमा लिग उपविजेता भएको थियो।

२०३२ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) को गठनपछि सञ्चालित लिग फुटबलमा पनि आरसिटीले २०३६, २०३८ र २०४१ मा गरी तीन उपाधि जितेको थियो। बीचमा २०३९ सालमा आरसिटीकै क्बल अन्नपूर्णले पनि लिगको उपाधि जित्यो। 

आरसिटीले लगातार तीन पटक जितेर आफ्नो बनाएको लिग ट्रफी। जुन अहिले आरसिटीको संग्रहालयमा सुरक्षित छ।

यसैले नेपाली फुटबलको मध्य समयमा पनि आरसिटी उचाइमा नै थियो। आरसिटी र अन्नपूर्ण क्लब राम्रो भएकैले धेरै खेलाडी बाहिर रहनुपर्ने स्थितिमा ‘सुपर आरसिटी’ क्लबको नाममा समेत आरसिटीले टिम बनाएको थियो। जसले २०३२ सालदेखि त ‘ए’ डिभिजन लिग नै खेलेको थियो। 

२०५२ सालमा अन्नपूर्ण र २०७० सालमा आरसिटी रेलिगेसनमा परेका थिए। अन्नपूर्ण टिमको अस्तित्व नै नदेखिँदा आरसिटी भने ‘ए’ डिभिजनमा उक्लने प्रयासमा लागिरहेको छ। 

फेरि फर्कने सपना

२०७५ फागुनमा ‘बी’ डिभिजन उपाधि जित्दा आरसिटीले सुपर लिगको अन्तिम खेलमा भगवती क्लबलाई १-० ले हराएको थियो। जसमा लोकेन्द्रबहादुर कार्कीले निर्णायक गोल गरेका थिए। खेलको २५औँ मिनेटमा उनले गरेको हेड गोलले आरसिटीलाई ८ लाख रुपैयाँसहित उपाधि दिलायो।

उनै लोकेन्द्र अहिले ‘बी’ डिभिजनको तयारीका लागि आरसिटीमै लागिपरिरहेका छन्। आफ्नै क्लबलाई पुनः ‘ए’ डिभिजनमा उकाल्ने सपनासहित। 

आरसिटीले गएको वर्ष बी डिभिजनको उपाधि जित्दा।

‘आफ्नै क्लबलाई माथि चढाएर ‘ए’ डिभिजन लिग खेल्ने धोको हो। त्यसैले ‘बी’ डिभिजन लिग खेल्नका लागि अहिले पनि आरसिटीसँग नै आबद्ध छु’ ‘बी’ डिभिजनकै तयारीका लागि मध्यपुर युथ एशोसियसनसँगको मैत्रीपूर्ण खेलमा भेटिएका लोकेन्द्रले सुनाए। 

नेपाली फुटबलको बलियो टिम आरसिटी अहिले ‘ए’ डिभिजनमा उक्लने संघर्षमा लाग्नुको पछाडि केही हदसम्म क्लब ब्यबस्थापन पनि जिम्मेवार छ। एन्फासँगको विवाद त छँदैछ, घर भाडामार्फत मात्रै झण्डै ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने क्लब ब्यबस्थापनले त्यसको सदुपयोग गर्न पनि सकेन। 

‘क्लबको भवन बाजे बराजुले एक तलाको बनाउनु भएको थियो। त्यसपछि हामीले विस्तारै गर्दै पाँच तलाको बनाएका छौँ। अहिले हाम्रो केटाहरु यहिँ नै सुत्छ। पहिले होटलमा राख्नु पथ्र्यो खर्च धेरै हुन्थ्यो। अहिले खाने बस्ने सबै ब्यवस्था यहिँ हुन्छ’ क्लबका महासचिव राजु शाहीले सुनाए। 

आरसिटी क्लबका महासचिव राजु शाही।

अहिले भएका खेलाडीमार्फत मेहनत गरेर ‘ए’ डिभिजनमा उक्लने र राम्रा खेलाडीहरु किनेर पुरानो शैलीमा क्लबलाई उकास्ने योजना रहेको महासचिव शाही सुनाउँछन्। 

२०७० सालको लिगमा रेलिगेसनमा पर्नुमा पनि क्लब ब्यबस्थापनभित्रको विवाद प्रमुख देखिएको थियो। फुटबल खेल्ने कि नखेल्ने भन्ने बहसमा क्लबका लागि बाध्यकारी बनाइएको एनसेल कपमा आरसिटी सहभागी भएन। जसले गर्दा कारबाहीस्वरुप लिगमा उनीहरुको तीन अंक कम गरिएको थियो।  

अहिलेको ब्यवस्थापनमा भने पुरानो लयमा क्लबलाई फर्काउने प्रयासमा लागिरहेको छ। ‘बी’ डिभिजन हुँदै माथि उक्लने तयारीमार्फत। तल रहेर ‘ए’ डिभिजन खेल्न नपाउँदको सकस क्लबले अहिले बुझेको जस्तो देखिन्छ। 

आरसिटीमा अहिले रहेका खेलाडीहरु।

‘बी डिभिजन लिग जितेर पनि माथि नचढ्ने नियम राखिदिँदा पीडा त भयो नै। एन्फाको स्थिर नियम नै छैन। लिग नियमति छैन, यसले गर्दा क्लबलाई ठूलो घाटा हुन्छ। एन्फाको नियम मनपरी छ’, महासचिव शाही दुःखेसो गर्छन्, ‘दुई महिनाअघि मात्र एन्फाले यो समयमा है लिग भनेर चिठी पठाउँछ। खेलाडी कहाँ हुन्छ कहाँ। क्लबलाई टिम बनाउन नै गाह्रो हुन्छ।’ 

तयारीका यी दिन

‘बी’ डिभिजनको तयारीमा आरसिटीले कुनै कसर बाँकी नराख्ने योजना बनाएको छ। त्यसअनुसार मेहनत पनि गरिरहेको छ। गएको वर्षको विजेता भएर पनि ‘ए’ डिभिजनमा खेल्न नपाएको नमाजा यो वर्ष बिर्सिएर लाग्नु सजिलो भने छैन। 

‘गएको वर्ष हामीले ‘बी’ डिभिजन जित्यौं, त्यसमा खुसी थियौँ तर बढुवा नहुने हुनलो खासै उत्साहित हुनु पर्ने कारण पनि थिएन’, महासचिव शाही भन्छन्, ‘माथि उक्लने प्रयास राम्ररी नै गरिरहेका छौँ, हुन त खेल हो भन्न सकिन्न। नतिजाले नै भन्छ अब।’ 

मध्यपुर युथ एशोसियसन र आरसिटीबीचको अभ्यास खेल।

तयारीकै लागि ढेड महिना बुटवलमा क्लोज क्याम्पमा बसेर खेलाडीहरु गएको हप्ता मात्रै काठमाडौं फर्किएका हुन्। काठमाडौं आएर पनि उनीहरु विभिन्न मैत्रीपूर्ण खेल र नियमित अभ्यासमार्फत तयारीमा लागिरहेका छन्। 

‘अभ्यास अहिलेसम्म निकै राम्रो भएको छ। टिम राम्रै छ। मेहनत गरेर राम्ररी अगाडि बढ्ने छौँ, आरसिटीलाई ‘ए’ डिभिजनमा लैजाने गरी खेल्नेछौँ’ वीरगञ्जका डिफेन्डर लोकेन्द्रबहादुर कार्कीले बताए। 

लोकेन्द्र मात्र होइन गएको वर्ष ‘बी’ डिभिजनको उपाधि दिलाउँदाका महत्वपूर्ण आठ खेलाडी अहिले पनि आरसिटीमा नै छन्। उनीहरुको सबैको चाहना उही छ- आरसिटीलाई यसपटक ‘ए’ डिभिजनमा उकाल्ने। 

मध्यपुर युथ एशोसियसन र आरसिटीबीचको अभ्यास खेल।

६ पटक ‘ए’ डिभिजनको विजेता क्लबमा आबद्ध भएर आफ्नो खुबी देखाउन पाउँदा उनीहरु खुसी पनि छन्। लोकेन्द्र जस्तै गएको वर्ष आरसिटीलाई ‘बी’ डिभिजनको उपाधि जिताउँदा क्लबमा महत्वपूर्ण थिए फरवार्ड नविन कर्माचार्य पनि। 

‘पहिलेदेखि नै आरसिटीबाट खेल्थेँ। अहिले टिम सेट निकै राम्रो छ। प्लेइङ सेटका ३-४ जना खेलाडी घाइते छन्। खेल हुने बेलासम्म उनीहरु टिममा फर्केलान् भन्ने आश छ। यो पटक हामी सबैको निकै धेरै मेहेनत छ। बढुवा भइन्छ। पहिलेको जस्तै नतिजा आउँछ’ दक्षिणकालीका नवीनले आत्मविश्वाससहित सुनाए। 

आरसिटीको संग्रहालय, जहाँ पहिले जितेका ट्रफी मेडलदेखि जर्सी र अन्य सामग्रीहरु सुरक्षित छन्। 
२०२२ देखि २०२४ सम्म आरसिटीको जर्सी। जसमा कांग्रेसको जस्तो चार तारा भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।
आरसिटीले शुभजन्मोत्सव कप जित्दाको ट्रफी। 
आरसिटीले राष्ट्रिय लिग जित्दाको ट्रफी। 
एक समय आरसिटीको आफ्नै स्वीमिङ टिमसमेत थियो।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्