काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध लागेको बलात्कार अभियोगको मुद्दामा आज फैसला सुनाउने भएको छ।
आइतबार बहस सकिएसँगै न्यायाधीश अम्बरराज पौडेलको इजलाशले फैसला गर्नेछ। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ।
महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए। त्यसअघि सरकारी वकिलले बहस गरेका थिए।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए।
त्यसपछि अनुसन्धान गर्दै जाँदा बलात्कार प्रयासको मुद्दा दर्ता गरिएको हो। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।