• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सानेपा हत्या प्रकरणको उद्देश्य नै खुलेन, मोबाइल रिपोर्ट कुर्दै प्रहरी

64x64
नेपाल लाइभ आइतबार, फागुन ४, २०७६  १४:५२
1140x725

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र सानेपास्थित उनको घरमा काम गर्ने युवक विजय चौधरीको ज्यान जाने घटना भएको आइतबार एक हप्ता पुग्यो। अनुसन्धानले कार्कीको हत्या अनी चौधरीको आत्महत्या भएको पुष्टि भयो। 

कार्की र चौधरीको शवको पोस्टमार्टमका आधारमा हत्या र आत्महत्या देखियो।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार कामदार चौधरीको ह्याङ्गिङका कारण र कार्कीको घाँटी दबाइएका कारण मृत्यु भएको उल्लेख छ। रिपोर्टअनुसार हत्या र आत्महत्या भन्ने खुले पनि कारण खुल्न सकेको छैन। 

घटनाको प्रकृतिको आधारमा कार्कीको हत्या गरेर चौधरीले आत्महत्या गरेको निष्कर्ष देखिन्छ प्रहरीको। प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण संकलन गरेको थियो। तर निष्कर्षलाई सघाउने थप प्रमाण फेला परेको छैन।

घटनास्थलको अवस्था र पोस्टमार्टम रिपोर्टका आधारमा चौधरीले कार्कीको घाँटीमा नाइलनको डोरी बेरेर कसेर त्यसपछि पिर्काले हानेर हत्या गरेको निष्कर्ष प्रहरीको देखिन्छ। प्रहरीको निष्कर्षअनुसार त्यसपछि उनले आत्महत्या गरेका थिए।

घटनास्थलको अवस्थाले नै बिना कारण कार्कीको हत्या भएको देखाउँदैन। घटनास्थलका दृष्यले यो योजनाबद्ध भन्दा आवेशप्ररित देखाउँछ। घटना अगाडि के भएको थियो र चौधरी हत्या र आत्महत्याको मोडमा पुगे भन्ने खुल्नै सकेको छैन।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापा चौधरीले नै आत्महत्या गरेकाले यसको कारण खुलाउन गाह्रो भइरहेको बताउँछन्।

मोबाइलको भर
पोस्टमार्टम रिपोर्टसँगै प्रहरीले दुवै जनाको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। फरेन्सिक जाँचमा ‘डिजिटल डिभाइस’ को डिजिटल डाटा संकलन गरेर विश्लेषण गर्ने गरिन्छ। फरेन्सिक जाँचमा मोबाइलमार्फत् आदानप्रदान भएका म्यासेज, कल डिटेल, अडियो, भिडियो, फोटालगायतका सामग्री रिकभर हुने गर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यी तत्थहरुको विश्लेषण गरेर रिपोर्ट सार्वजनिक हुने गर्छ। दुवैमध्य कसैको मोबाइलमा घटनाको कारण खुल्न सक्ने तथ्य फेला पर्छ कि भन्ने आशमा देखिन्छ प्रहरी। फरेन्सिक ल्याबबाट रिपोर्ट आइसकेको छैन।

त्यसैगरी शंकास्पद मृत्यु भएका व्यक्तिको भिसेरा जाँचसमेत गरिँदै आएको छ। यसबाट पनि हत्याबारे नयाँ तथ्य फेला पर्न सक्छ। तर भिसेराको नतिजा आउन समान्यतया तीन महिना लाग्ने गर्छ। पोस्टमार्टम रिपोर्टबाट नयाँ तथ्य नआउनु, डिजिटल फरेन्सिकको रिपोर्ट नआउनु, भिसेराको नतिजा आउने समय लाग्नु र हत्या गरेको भनिएका व्यक्तिले नै आत्महत्या गर्नुले मुना कार्कीको हत्याको कारण भने खुल्न सकेको छैन।

१० देखि ११ बजेबीचमा हत्या
घरमा भएका १२ वर्षीय छोरालाई स्कूल पुर्‍याउन अर्की कामदार गएको र पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथको मन्दिर दर्शन गर्न गएको मौकामा हत्या र आत्महत्या भएको थियो।

हत्या हुने दिने मुनाका श्रीमान पूर्वसचिव कार्की बिहानै पशुपतिनाथको दर्शन गर्न निस्किएका थिए। घरबाट निस्कँदा उनकी पत्नी मुना, १२ वर्षीय एक छोरा, कामदार विजय चौधरी र अर्की एक कामदार महिला पनि घरमा नै थिए।

उनले प्रदेश ३-०१ ०२२ च ०७०९ नम्बरको कार लिएर उनी ८ बजे पशुपति पुगेका थिए। करिब २ घन्टा लाइन बसेर उनले पूरा गरेका थिए। यसपछि उनी करिब ११ बजेतिर घर फर्किए। उनको घरको गेट बन्द थियो। घन्टी बजाउँदा कोही पनि आएनन्। तर बाहिरबाट समेत खोल्न मिल्ने गेट खोलेर उनी घरभित्र पसे।

दुईतले घरको भुईंतलाको भर्याङ छेउमा कामदार चौधरी घाँटीमा नाइलनको डोरी लगाएको अवस्थामा मृत भेटिएका थिए । भान्सा कोठामा श्रीमती मुना रक्ताम्य भएर लडिरहेको अवस्थामा थिइन्। ४९ वर्षीया मुनालाई उपचारको सानेपास्थित स्टार अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको थियो।

अनुसन्धानको क्रममा घटना १० बजेदेखि ११ बजेको बिचमा भएको देखिएको छ।

मनमुटाव थियो त?
चौधरीको परिवारका सदस्यले प्रहरीमा दिएको जानकारीमा चौधरी र कार्की परिवारका सदस्यविच कुनै विषयमा मनमुटाव भएको पनि देखिन्न्। उनी कार्की परिवारसँग खुसी नै थिए। कार्की परिवारले उनको सवारी चालक अनुमतिपत्र बनाइदिने तयारी गरेका थिए। उनी नियमित परिवारको सम्पर्कमै थिए र कार्की परिवारका सदस्य या मुना कार्कीको व्यवहारबारे गुनासो गरेका पनि थिएनन्। यसले समेत हत्याको कारण खुलाउन प्रहरीलाई अप्ठ्यारो परेको देखिन्छ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्