काठमाडौं– कारमा लुकाएर तस्करी गर्न लागिएको ३३ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले ३३ किलो गाँजासहित हेटौडा–१९ बाट भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको हो।
यादवले चलाएको जेएच०९ ए८३६१ नम्बरको भारतीय कारबाट उक्त गाँजासहित यादवलाई पक्राउ गरिएको हो।
मनहरीबाट हेटौडातर्फ आउँदै गरेको उक्त कारमा सिटमुनि लुकाएर गाँजा तस्करी गर्न लागिएको सूचनाका आधारमा गएराति प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।