काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको कफी सपमा आगलागी भएको छ।
सोमबार साँझ आगलागी भएको हो।
अन्तर्राष्ट्रिय उडान तर्फ प्रस्थान कक्षको कफीसपमा आगलागी भएको विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले नेपाल लाइभलाइ जानकारी दिए।
तर हाल आगलागी नियन्त्रणमा आइसकेको उनको भनाइ छ।
'करिब १० मिनेट अघि आगलागी भएको हो। तर हाल नियन्त्रणमा आइसकेको छ,' प्रमुख केसीले भने।
विद्यत तार सट भएर आगलागी भएको उनको भनाइ छ।
आगलागीको थप विवरणा प्राप्त हुन बाँकी छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।