काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकको सममार्गस्थित झाडीमा एक शिशु मृत अवस्थामा भेटिएका छन् ।
उक्त शिशु जेब्रा झोलामा हालेर फालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । जेब्रा झोलाभित्र हालेर उक्त शिशु (बालिका) कसले किन फाल्यो भन्ने पुष्टि भइसकेको छैन ।
उक्त शिशु भर्खरै जन्माएर फालिएको हो मृत भएपछि फालिएको भन्ने टुंगो लागिनसकेको प्रहरीले जनाएको छ । उक्त शिशुको शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी गरेको छ ।
घटनाकाबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
तस्बिर : मधुसुदन ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।