काठमाडौं– विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका शिवानन्द स्वामी नामले चिनिने दीपक भण्डारी जेल चलान भएका छन् ।
विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट करिब ४० लाख रुपैयाँ ठगीको आरोप लागेका शिवानन्द स्वामीलाई जिल्ला अदालत काठमाडौंले ३५ लाख धरौटीमा रिहा हुने आदेश दिएको थियो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आइतबार ३५ लाख धरौटीमा रिहा हुने आदेश दिए पनि धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।
उनलाई गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनले युरोप पठाउने भन्दै ठगी गर्दै आएका थिए । उनी योग सिकाउने गुरुसमेत रहेको पाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।