काठमाडौं- बलात्कार प्रयास गरेको आरोपमा एक सुरक्षा गार्ड पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का २५ वर्षीय विशाल भन्ने रमेशप्रसाद वाग्ले छन्।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत शुक्रबार पक्राउ गरेको हो।
बुढानीलकण्ठ नगरपालिका–६ विष्णुमतिमा रहेको हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रमा कार्यरत वाग्लेले उपचारमा आउने महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेको छ।
उनले महिलाहरुको संवेदनशील अंगमा छुने, समाउने एकान्त ठाउँमा बोलाएर अश्लील हर्कत गर्ने गरेको पीडितको आरोप छ।
पक्राउ परेका वाग्लेलाई जबरजस्ती करणी उद्योगमा थप अनुसन्धान र कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।