• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीको जग्गा हतारहतार सरकारका नाममा

64x64
किशोर दहाल शनिबार, माघ २५, २०७६  १६:३२
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले किनेको ललिता निवासको जग्गा हतारहतार सरकारका नाममा नामसारी गरिएको खुलेको छ।

गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पनि नवीन र रेग्मीमाथि मुद्दा दायर गरेको थिएन। मुद्दा दायर नगर्नुको कारणमा सरकारलाई जग्गा फिर्ता दिन मञ्जुर भएको बताइएको थियो।

तर आयोगले दर्ता गरेको अभियोग पत्रपछि अदालती प्रक्रिया सुरु नहुँदै शुक्रबार हतारहतार दुवैको संलग्नतामा जग्गा सरकारका नाममा नामसारी गरिएको हो।

अदालती प्रक्रियामा प्रवेश भएको विषयमा अदालतबाट टुंगोमा पुग्नुअगाडि नै हतारहतार जग्गा फिर्ता गर्नुले यो प्रकरणमा महासचिव पौडेल पुत्र नवीन र न्यायाधीश रेग्मीको संलग्नता र अख्तियारको सफाई दिने निर्णय थप शंकामा परेको छ।

अख्तियारको अभियोगपत्र नै अन्तिम हुँदैन। उसले गरेको मागदाबीलाई अदालतले अस्वीकार गरी जग्गा फिर्ता गर्ने सर्तमा प्रतिवादी नबनाएकालाई प्रतिवादी बनाउने आदेश दिन सक्छ। जग्गा नवीन र रेग्मीकै नाममा कायम हुन पनि सक्छ।

तर कानुनी प्रक्रिया सुरु नहुँदै मुख्यसचिव नै संलग्न भएर हतारमा विवादित जग्गा सरकारका नाममा नामसारी हुनुले मुद्दा नचलाउने अख्तियारको निर्णय थप शंकास्पद बन्न पुगेको हो।

मुख्यसचिवको निर्देशनमा नामसारी
स्रोतका अनुसार अदालतमा प्रवेश पाएको विषय लुसुक्क मिलाउन मुख्यसचिव लोकदर्शन रेग्मी आफै खटिएका थिए।

शुक्रबार मुख्यसचिव रेग्मीले नै भूमिसुधार मन्त्रालयका सचिव सूर्य गौतमलाई बोलाएर सरकारका नाममा जग्गा फिर्ता गराउन निर्देशन दिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

रेग्मीको निर्देशनपछि शुक्रबार नै सचिव गौतमले मालपोत कार्यालय डिल्लीबजारका प्रमुखलाई नवीन र रेग्मीका नाममा कायम भएको जग्गा सरकारका नाममा ल्याउन निर्देशन दिए। शुक्रबारै सबै प्रक्रिया पूरा भएको विभिन्न स्रोतले नेपाल लाइभलाई पुष्टि गरेका छन्।

तर भूमिसुधार सचिव गौतमले ललिता निवासको नवीन र रेग्मीको जग्गा सरकारको नाममा फिर्ताबारे जानकारी नभएको दाबी गरे। 

छटपटीमा थिए दुवै
अत्यधिक विवादमा परेपछि पौडेल र रेग्मी आफ्नो नाममा रहेको जग्गा जतिसक्दो छिटो सरकारका नाममा फिर्ता गरेर अनुसन्धानमुक्त हुन चाहन्थे। उनीहरूले जग्गा खरिद प्रक्रिया सामान्य देखाउन खोजे पनि घटनाक्रमले शंकास्पद देखाएको थियो।

अनुसन्धान अगाडि बढ्दा अप्ठ्यारोमा परिने भएपछि विष्णु पौडेलले दलका शीर्ष नेताहरूसँग पटकपटक भेट गरेका थिए।

त्यसैगरी, न्यायाधीश रेग्मीले पनि आफ्ना चिनजानका कर्मचारी र नेताहरूलाई कुरा मिलाइदिन आग्रह गर्दै आइरहेका थिए। 

उस्तै प्रक्रियालाई हेरेर अख्तियारले अन्यलाई प्रतिवादी बनाउँदा पौडेल र रेग्मीको हकमा उदार बन्यो।

अख्तियारको निर्णय विवादमा आएपछि दुवै अदालती प्रक्रियाअघि नै संकट टार्न प्रयासरत थिए। प्रतिफल स्वरूप बालुवाटारले मुख्य सचिव रेग्मीलाई दुवै जनाका नाममा रहेको ललिता निवासको जग्गा शीघ्र रूपमा सरकारीकरण गर्ने प्रक्रिया मिलाउन निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार शुक्रबार तीव्रताका साथ यो काम फत्ते गरियो।

नवीनको नाममा कसरी पुग्यो जग्गा?
ललिता निवासको जग्गा प्रकरणबारे समाचारहरु प्रकाशित/प्रशारित भएपछि नवीनका नाममा रहेको जग्गाको फाइल तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी भूमाफियाहरुले गायब पारेका थिए। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको छानबिन समितिले उनको स्वामित्वमा रहेको जग्गाको फाइल नम्बर १०२५ रहेको पत्ता लगाएको थियो।

६ चरणको प्रक्रिया पार गरी बालुवाटारको उक्त सरकारी जग्गा भूमाफियाहरुबाट पौडेलसम्म पुगेको थियो।

२०४९ कात्तिक २५ गते सरकारले गरेको निर्णयको जगबाटै पौडेलसम्म जग्गा आउने पृष्ठभूमि तयार भएको थियो।

पौडेलको नाममा आएको सरकारी जग्गा तत्कालीन काठमाडौं नगर २३ 'ह' मा अवस्थित थियो। सरकारी जग्गा फिर्ता गर्ने क्रममा त्यसलाई कित्ता नम्बर २९ कायम गरियो। २९ बाट कित्ता नम्बर ४४ परिवर्तन गरी माया प्रजापतिको नाममा मोही कायम गरियो। उनको नाममा त्यसबेला एक रोपनी, दुई आना जग्गा थियो।

गायब पारिएको पौडेलको जग्गाको फाइल खोज्ने क्रममा डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले प्रजापतिका नाममा रहेको कित्ता नम्बर ४४ लाई ५ कित्तामा कायम गराइएको फेला पारेका छन्। तत्कालीन कित्ता नम्बर ४४ लाई भिडाउँदा हाल कायम २६६, २७२, २९४, ९८, ३०९ सँग मेल खाएको देखिन्छ।

मिसिल नम्बर १२३८ मा कायम श्रेस्ताअनुसार २०६० पुस १५ को सरकारी निर्णय अनुसार उक्त जग्गा प्रजापतिकै नाममा रहेको देखिन्छ। 

हाल रोक्का रहेको कित्ता नम्बर ९८ भने रेणुका बज्राचार्यका नाममा छ। तत्कालीन समयमा प्रजापतिकै नाममा रहेको कित्ता नम्बर ३०९ हाल नवीन पौडेलको नाममा आएको छ। पौडेलको नाममै रहेको ३१५ कित्ता पनि रोक्का गरिएको छ, जुन जग्गा प्रजापतिको २७२ कित्ताकाट गरी ३१५ कायम गरिएको हो। 

माया प्रजापति को हुन् भन्ने खुल्दैन। किनकि भूमाफिया किटान गरिएका डा शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदीले उनलाई नक्कली मोही खडा गरेका थिए। ढकाल र सुवेदीलाई पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको सरकारी जग्गा छानबिन समितिले 'भूमाफिया' भनेरै किटान गरेको छ।

यिनै भूमाफियाद्वयले पछि प्रजापति मोही रहेको जग्गालाई आफ्ना पत्नी उमाकुमारी ढकाल र माधवी सुवेदीको नाममा सँगोलनामा गरिदिए। तीन जनाको सँगोलमा रहेको उक्त जग्गाबाट प्रजापतिको नाममा रहेको हिस्सालाई फेरि उनीहरुले मचाबाबु प्रजापतिको नाममा सारिदिए। यसपछि माया प्रजापति नामोनिसान रहेन। यी मचाबाबुलाई पनि ढकाल र सुवेदीले माया प्रजापति जस्तै नक्कली मोही खडा गरेका थिए। 

पछि उनीहरुले मचाबाबुलाई पनि जग्गाको स्वामित्वबाट हटाउँदै ढकाल र सुवेदीले आफ्ना पत्नीहरुको नाममा ल्याए। तर, मचाबाबुको नाममा सारिएको हिस्सा खारेज गरिए पनि कुन आधारमा खारेज गरेको भनेर खुलाइएको छैन। 
गायब पारिएका फाइलबाट जग्गा कित्ता पहिचान गर्ने क्रममा रोक्का राखिएका जग्गाधनीहरुमा प्रजापतिको नाममा हाल कुनै पनि कित्ता देखिँदैन। 

प्रजापति हुँदै ढकाल र सुवेदी पत्नीमा आएको स्वामित्व परिवर्तन हुँदै आएको सोही जग्गा नेकपा महासचिव पौडेल पुत्रको नाममा परिवर्तन भएको देखिन्छ। सो जग्गा २०६१ पुस २९ मा पौडेलको नाममा आएको हो।
पौडेलको नाममा कित्ता नम्बर ३०९ र ३१५ को जग्गा आएको थियो। उनको नाममा आएको जग्गाको रजिस्ट्रेसन नम्बर ९२८९ रहेको छ।

'प्रचलित कानून बमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिको नाममा मालपोत कार्यालय, डिल्लीबजारमा दर्ता श्रेस्ता कायम रहेको कहीं कतैबाट रोक्का नभएको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने भनी यकिन गरेपछि मैले सो जग्गा प्रचलीत कानून बमोजिम रजिष्ट्रेशन लिखत पारित गरी लाग्ने राजश्व बुझाई रु चार लाखमा खरिद गरेको हुँ', अख्तियारसँगको बयानमा पौडेलले भनेका छन्।

रेग्मीको किनबेच
न्यायाधीश कुमार रेग्मी कानुन व्यवसायी रहँदा बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेका थिए।

उनले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २०६१ माघ ११ मा कित्ता नम्बर ४४, ४६ र १६५ को जग्गा किनेका थिए। 

जग्गा किन्नुको कारण भाटभटेनीको कानुनी सल्लाहकार हुँदाको शुल्क लिन बाँकी रहेको र गुरुङ व्यापारी भएकाले फाइदा होला भनेर किनेको उनले दाबी गर्दै आएका छन्।

तर उनले जग्गा किन्दा र बेच्दाको समय यो प्रकरणका मुख्य भूमाफिया शोभाखर ढकालसँग मिल्छ।

उनले जग्गा किनेका मीन बहादुर सहित उनका परिवारका आठै जना यो प्रकरणमा अभियुक्त बनेका छन्।

उनले अख्तियारमा दिएको बयान अनुसार, कित्ता नम्बर ४४ को जग्गा ५ आना ३ पैसा, कित्ता नम्बर ४६ को क्षेत्रफल ५ आना ३ पैसा र कित्ता नम्बर १६५ को क्षेत्रफल २ पैसा २ दाम छ। तर, जग्गा किनेको अढाइ वर्षपछि उनले २०६४ साउन ६ गतेसम्म लगभग सबै जग्गालाई टुक्र्याएर बेचिसकेका थिए।

'मैले सार्वजनिक प्रयोजनका लागि छाडेको काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नम्बर ४ को सिट नम्बर १०२-१०२-१०२-१०२५-१५ कित्ता नम्बर ५११ क्षेत्रफल ४०.४४ वर्ग मिटर जग्जा सार्वजनिक वा सरकारी हुन गर्न मेरो मञ्जुरी रहेको छ', रेग्मीले अख्तियारलाई भनेका छन्।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्