• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

त्रिदेशीय सिरिज : अमेरिकाविरुद्ध जितको आश

64x64
सराेज तामाङ शुक्रबार, माघ २४, २०७६  २०:२५
1140x725

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाल र अमेरिकाबीच शनिबार त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ। तुलनात्मक रुपमा अमेरिकाभन्दा नेपाल बलियो छ। तर लिग–टु मा भने अमेरिका शीर्ष स्थानमा छ।

घरेलु मैदान, उल्लेख्य दर्शकको उपस्थिति। यही पक्षलाई साक्षी राख्दै नेपाल फेरि पनि अमेरिकामाथि जित हात पार्दै लिग–टु मा विजयी सुरुवात गर्ने दाउमा छ। लिग–टु मा नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध २२ गते प्रतिस्पर्धा गरेको थियो। तर नतिजा १८ रनले ओमानलाई सुम्पिएको थियो। यता, अमेरिकाले पनि ओमानलाई ६ विकेटले नतिजा सुम्पिएको थियो।

अमेरिका र नेपाल त्रिवि क्रिकेट मैदानमा १० वर्षपछि आमनेसामने हुँदैछन्। यसअघि सन् २०१० मा अमेरिका र नेपालले त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा प्रतिस्पर्धा गरेको थियो। जहाँ घरेलु टोलीले एक खेल जित्दा एक खेल अमेरिकाको पक्षमा थियो।

शरदको असर!
ओमानविरुद्ध नेपालका तर्फबाट सर्वाधिक ५५ रन बनाएका शरद भेषावकर त्रिदेशीय सिरिजका बाँकी खेलमा भने देखिने छैनन्। हिपको मांसपेशीमा देखिएको समस्याका कारण उनी टिमबाट आउट भएका हुन्।

त्यसै पनि नेपाली टिमको ओपनिङ कमजोर हुने गर्दै आएको छ। यस्तो बेला मिडिल अर्डर राम्रो तरिकाले सम्हाल्दै आएका शरद टिमबाटै बाहिरिँदा टिमलाई निकै ठूलो असर परेको छ।

‘नेपाली टिमका फिजियो र टिमको सल्लाहअनुसार उनलाई १० दिनको विश्राम दिइएको हो। हामीले आइसिसीलाई रिपोर्ट पठाइसकेका छौं।’, टिम म्यानेजर गौतमले नेपाल लाइभसँग भने, ‘शरदका दाइको केही दिनअघि निधन भयो। उनले निकै दिन नुन बारे। केही दिन अभ्यास पनि गरेनन्। जसले गर्दा उनको मांसपेशीमा समस्या आयो।’

शरदको स्थानमा सुवास खकुरेललाई टिममा बोलाइएको छ। पछिल्लो समयमा सुवास पनि निकै लयमा देखिएका छन्। अमेरिकाविरुद्धको अभ्यास खेलमा सुवासकै अर्धशतकमा नेपालले जित हात पारेको थियो। यतिमात्र हैन विगतका दिनमा अमेरिकालाई पराजित गर्दा सुवासको मुख्य भूमिका रहँदै आएको छ। सुवास ओपनिङ विकेट किपर ब्याट्सम्यान हुन्। शरद मिडिल अर्डर। सुवासले टिममा मौका पाए पनि शरदको अभाव टिममा खड्किरहने छ।

अमेरिकालाई रोक्न के छ रणनीति?
अमेरिका कमजोर टिम भने होइन। उसले लिग टु मा ९ खेल खेल्दा ६ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएर शीर्ष स्थानमा छ। नेपालले भने बल्ल १ खेल खेलेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अमेरिकाका इयान होल्यान्ड, स्टेभन टाइलर, ज्याभिर मार्शल, कप्तान सौरभ नेत्रभाल्कर राम्रा खेलाडी हुन्। स्टेभन नेपालका लागि घातक हुन सक्छन्। उनले नेपालविरुद्ध सन् २०१३ मा डिभिजन थ्रीमा सर्वाधिक १६२ रन बनाएका थिए।

कमजोर सुरुवात ओमानविरुद्धको खेलमा पनि देखियो। कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का नै ओपनिङमा आए पनि नेपाली टिमलाई उँभो लगाउन सकेनन्। ज्ञानेन्द्र १ र पारस लगत्तै ३ रनमा आउट हुँदा ओमानविरुद्ध नेपालको स्कोर ४ रन थियो। यस्तो स्थितिबाट गुज्रिएको नेपालको ब्याटिङ मिडिल अर्डर र बलरमा निर्भर छ। यदि अमेरिकाविरुद्ध पनि यस्तै स्थिति देखिए अवस्था के होला?

तर कप्तान ज्ञानेन्द्र मल्ल भने ओमानविरुद्धको जस्तो सधैं नहुने दाबी गर्छन्। ‘ओमानविरुद्धको खेलमा जस्तै अन्य खेलमा पनि हुन्छ भन्ने छैन। पारस र म नचलेर मात्रै हारेको हो। अब आउने खेलमा जितका लागि खेल्छौं’, कप्तान ज्ञानेन्द्रले भने।

त्यसो त सुवासको आगमनसँगै ओपनिङमा परिवर्तन हुने सम्भावना प्रवल छ। सुवासले प्लेइङ इलाभेनमा खेल्ने मौका पाएमा ओपनिङ जोडी परिवर्तन हुन सक्छ।

यदि यस्तो भएमा सुवास र कप्तान ज्ञानेन्द्र वा सुवास र पारस ओपनिङमा आउने छन्।

बलिङ लाइन नेपालको सधैं बलियो नै हुने गर्छ। ओमानविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका सुशन भारी, अभिनाश बोहराले उत्कृष्ट प्रदर्शन गरेका थिए भने करण केसी र सन्दीप लामिछाने नेपालका हतियार हुन्।

ब्याटिङतर्फ ज्ञानेन्द्र, पारस, दीपेन्द्र, विनोद, आरिफ, रोहित लगायतका ब्याट्सम्यान चल्ने हो भने नेपालले ठूलो लक्ष्य दिन सक्छ। नचले के हुन्छ? स्पष्ट छ, नेपाल फेरि हार्छ।

हेड टु हेड
अमेरिका बलियो कि नेपाल? यो त खेलाडीको प्रदर्शनले निर्धारण गर्छ। कुनै बेला विश्वकप छनोटसम्म खेल्न भ्याएको अमेरिकाले अस्ट्रेलियासँग पनि क्रिकेट खेलेको इतिहास छ। सन् २००८ तिर नेपाल क्रिकेटको दुनियाँमा कमै मात्रमा नाम सुनिएको देश थियो। तर त्यो बेला अमेरिका क्रिकेटमा निकै बलियो थियो।

अमेरिका र नेपालबीचको प्रतिस्पर्धा धेरै भएको छैन। २००८ पछि नै अमेरिका र नेपालबीच बेलाबखत मात्रै प्रतिस्पर्धा हुँदै आएको छ। अहिलेसम्म अमेरिका र नेपालबीच ११ पटक ५० ओभरको खेलमा प्रतिस्पर्धा भएको छ। भने शनिबार त्रिवि मैदानमा हुने प्रतिस्पर्धा अहिलेसम्मकै माथिल्लो दर्जाको हो।

नेपालले ५ खेल जित्दा अमेरिकाले ३ खेलमा जितेको छ। तीन खेल भने वर्षाका कारण रद्द भएका छन्।

सन् २००८ मा मे ३१ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फाइभको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अमेरिकालाई ९६ रनले पराजित गरेको थियो। यही लिगको समूह ए मा रहेका नेपाल र अमेरिकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

नेपालले अमेरिकासँग खेलेको पहिलो खेलमा नै जित हात पारेको थियो।

त्यसको २ वर्षपछि दुवै टिमबीचको भेट २०१० फेब्रुअरी २६ मा काठमाडौंमा भयो। जहाँ डिभिजन फाइभ नै थियो। लिग चरणको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भयो। तर त्यसको अर्को दिन त्रिवि मैदानमै फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित ग¥यो। यो खेलमा नेपालका राहुल विश्वकर्माले सर्वाधिक ७ विकेट लिए। अमेरिकालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेर डिभिजन फोरमा प्रवेश गरेको थियो।

तर २०१० अगष्ट १९ मै भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरमा नेपाल अमेरिकासँग ५५ रनले पराजित भयो।

त्यसपछि नेपाल र अमेरिकाबीच २०१२ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरमै भेट भएको छ। लिग चरणको खेलमा नेपालले अमेरिकालाई ३२ रनले पराजित गरेको थियो। नेपालका सुवास खकुरेलले ११५ रन बनाएका थिए। २५९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले २२६ रनमात्रै बनाउन सकेको थियो।

मलेसियामा भएको यो प्रतियोगिताको फाइनलमा फेरि नेपाल र अमेरिकाबीच भेट भएको थियो। फाइनलमा पनि नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै डिभिजन थ्रीमा प्रवेश गरेको थियो।
नेपाललाई च्याम्पियन बनाउन बसन्त रेग्मीले ५ विकेट लिएका थिए। ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले ६६ रन बनाउँदा सुवासले अविजित ४० रन बनाए।

सन् २०१३ अप्रिल २८ आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल अमेरिकासँग ९४ रनले पराजित भयो, जुन अमेरिकासँगको अहिलेसम्मकै सबै भन्दा ठूलो हार हो।

त्यो खेलमा अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३६६ रन बनाउँदा स्टेफन टाइलरले १६२ रनको योगदान दिएका थिए। जवाफी ब्याटिङ थालेको नेपाल भने ४९.५ ओभरमा अलआउट हुँदै २७२ रन मै समेटियो। नेपालका तत्कालीन कप्तान पारस खड्काले ७३ र शरद भेषावकरले ७२ रन बनाएका थिए।

अमेरिका र नेपालबीचको पछिल्लो आधिकारिक खेल भने २०१४ अक्टोबर २८ मा मलेसियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्री हो। जहाँ नेपालले अमेरिकालाई डकवर्थ लेविस मेथड(डिएल) का आधारमा १० रनले पराजित गरेको थियो। त्यसबेला नेपालका सुवास खकुरेलले अविजित ४९ रन बनाएका थिए।

२०१७ डिसेम्बर १ मा नेपाल र अमेरिकाबीच अभ्यास खेल भएको छ। जहाँ नेपालको नेतृत्व शरद भेषावकरले गरेका थिए। यो खेलमा अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्