• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

त्रिदेशीय सिरिज : अमेरिकाविरुद्ध जितको आश

64x64
सराेज तामाङ शुक्रबार, माघ २४, २०७६  २०:२५
1140x725

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाल र अमेरिकाबीच शनिबार त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ। तुलनात्मक रुपमा अमेरिकाभन्दा नेपाल बलियो छ। तर लिग–टु मा भने अमेरिका शीर्ष स्थानमा छ।

घरेलु मैदान, उल्लेख्य दर्शकको उपस्थिति। यही पक्षलाई साक्षी राख्दै नेपाल फेरि पनि अमेरिकामाथि जित हात पार्दै लिग–टु मा विजयी सुरुवात गर्ने दाउमा छ। लिग–टु मा नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध २२ गते प्रतिस्पर्धा गरेको थियो। तर नतिजा १८ रनले ओमानलाई सुम्पिएको थियो। यता, अमेरिकाले पनि ओमानलाई ६ विकेटले नतिजा सुम्पिएको थियो।

अमेरिका र नेपाल त्रिवि क्रिकेट मैदानमा १० वर्षपछि आमनेसामने हुँदैछन्। यसअघि सन् २०१० मा अमेरिका र नेपालले त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा प्रतिस्पर्धा गरेको थियो। जहाँ घरेलु टोलीले एक खेल जित्दा एक खेल अमेरिकाको पक्षमा थियो।

शरदको असर!
ओमानविरुद्ध नेपालका तर्फबाट सर्वाधिक ५५ रन बनाएका शरद भेषावकर त्रिदेशीय सिरिजका बाँकी खेलमा भने देखिने छैनन्। हिपको मांसपेशीमा देखिएको समस्याका कारण उनी टिमबाट आउट भएका हुन्।

त्यसै पनि नेपाली टिमको ओपनिङ कमजोर हुने गर्दै आएको छ। यस्तो बेला मिडिल अर्डर राम्रो तरिकाले सम्हाल्दै आएका शरद टिमबाटै बाहिरिँदा टिमलाई निकै ठूलो असर परेको छ।

‘नेपाली टिमका फिजियो र टिमको सल्लाहअनुसार उनलाई १० दिनको विश्राम दिइएको हो। हामीले आइसिसीलाई रिपोर्ट पठाइसकेका छौं।’, टिम म्यानेजर गौतमले नेपाल लाइभसँग भने, ‘शरदका दाइको केही दिनअघि निधन भयो। उनले निकै दिन नुन बारे। केही दिन अभ्यास पनि गरेनन्। जसले गर्दा उनको मांसपेशीमा समस्या आयो।’

शरदको स्थानमा सुवास खकुरेललाई टिममा बोलाइएको छ। पछिल्लो समयमा सुवास पनि निकै लयमा देखिएका छन्। अमेरिकाविरुद्धको अभ्यास खेलमा सुवासकै अर्धशतकमा नेपालले जित हात पारेको थियो। यतिमात्र हैन विगतका दिनमा अमेरिकालाई पराजित गर्दा सुवासको मुख्य भूमिका रहँदै आएको छ। सुवास ओपनिङ विकेट किपर ब्याट्सम्यान हुन्। शरद मिडिल अर्डर। सुवासले टिममा मौका पाए पनि शरदको अभाव टिममा खड्किरहने छ।

अमेरिकालाई रोक्न के छ रणनीति?
अमेरिका कमजोर टिम भने होइन। उसले लिग टु मा ९ खेल खेल्दा ६ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएर शीर्ष स्थानमा छ। नेपालले भने बल्ल १ खेल खेलेको छ।

Ncell 2
Ncell 2

अमेरिकाका इयान होल्यान्ड, स्टेभन टाइलर, ज्याभिर मार्शल, कप्तान सौरभ नेत्रभाल्कर राम्रा खेलाडी हुन्। स्टेभन नेपालका लागि घातक हुन सक्छन्। उनले नेपालविरुद्ध सन् २०१३ मा डिभिजन थ्रीमा सर्वाधिक १६२ रन बनाएका थिए।

कमजोर सुरुवात ओमानविरुद्धको खेलमा पनि देखियो। कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का नै ओपनिङमा आए पनि नेपाली टिमलाई उँभो लगाउन सकेनन्। ज्ञानेन्द्र १ र पारस लगत्तै ३ रनमा आउट हुँदा ओमानविरुद्ध नेपालको स्कोर ४ रन थियो। यस्तो स्थितिबाट गुज्रिएको नेपालको ब्याटिङ मिडिल अर्डर र बलरमा निर्भर छ। यदि अमेरिकाविरुद्ध पनि यस्तै स्थिति देखिए अवस्था के होला?

तर कप्तान ज्ञानेन्द्र मल्ल भने ओमानविरुद्धको जस्तो सधैं नहुने दाबी गर्छन्। ‘ओमानविरुद्धको खेलमा जस्तै अन्य खेलमा पनि हुन्छ भन्ने छैन। पारस र म नचलेर मात्रै हारेको हो। अब आउने खेलमा जितका लागि खेल्छौं’, कप्तान ज्ञानेन्द्रले भने।

त्यसो त सुवासको आगमनसँगै ओपनिङमा परिवर्तन हुने सम्भावना प्रवल छ। सुवासले प्लेइङ इलाभेनमा खेल्ने मौका पाएमा ओपनिङ जोडी परिवर्तन हुन सक्छ।

यदि यस्तो भएमा सुवास र कप्तान ज्ञानेन्द्र वा सुवास र पारस ओपनिङमा आउने छन्।

बलिङ लाइन नेपालको सधैं बलियो नै हुने गर्छ। ओमानविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका सुशन भारी, अभिनाश बोहराले उत्कृष्ट प्रदर्शन गरेका थिए भने करण केसी र सन्दीप लामिछाने नेपालका हतियार हुन्।

ब्याटिङतर्फ ज्ञानेन्द्र, पारस, दीपेन्द्र, विनोद, आरिफ, रोहित लगायतका ब्याट्सम्यान चल्ने हो भने नेपालले ठूलो लक्ष्य दिन सक्छ। नचले के हुन्छ? स्पष्ट छ, नेपाल फेरि हार्छ।

हेड टु हेड
अमेरिका बलियो कि नेपाल? यो त खेलाडीको प्रदर्शनले निर्धारण गर्छ। कुनै बेला विश्वकप छनोटसम्म खेल्न भ्याएको अमेरिकाले अस्ट्रेलियासँग पनि क्रिकेट खेलेको इतिहास छ। सन् २००८ तिर नेपाल क्रिकेटको दुनियाँमा कमै मात्रमा नाम सुनिएको देश थियो। तर त्यो बेला अमेरिका क्रिकेटमा निकै बलियो थियो।

अमेरिका र नेपालबीचको प्रतिस्पर्धा धेरै भएको छैन। २००८ पछि नै अमेरिका र नेपालबीच बेलाबखत मात्रै प्रतिस्पर्धा हुँदै आएको छ। अहिलेसम्म अमेरिका र नेपालबीच ११ पटक ५० ओभरको खेलमा प्रतिस्पर्धा भएको छ। भने शनिबार त्रिवि मैदानमा हुने प्रतिस्पर्धा अहिलेसम्मकै माथिल्लो दर्जाको हो।

नेपालले ५ खेल जित्दा अमेरिकाले ३ खेलमा जितेको छ। तीन खेल भने वर्षाका कारण रद्द भएका छन्।

सन् २००८ मा मे ३१ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फाइभको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अमेरिकालाई ९६ रनले पराजित गरेको थियो। यही लिगको समूह ए मा रहेका नेपाल र अमेरिकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

नेपालले अमेरिकासँग खेलेको पहिलो खेलमा नै जित हात पारेको थियो।

त्यसको २ वर्षपछि दुवै टिमबीचको भेट २०१० फेब्रुअरी २६ मा काठमाडौंमा भयो। जहाँ डिभिजन फाइभ नै थियो। लिग चरणको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भयो। तर त्यसको अर्को दिन त्रिवि मैदानमै फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित ग¥यो। यो खेलमा नेपालका राहुल विश्वकर्माले सर्वाधिक ७ विकेट लिए। अमेरिकालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेर डिभिजन फोरमा प्रवेश गरेको थियो।

तर २०१० अगष्ट १९ मै भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरमा नेपाल अमेरिकासँग ५५ रनले पराजित भयो।

त्यसपछि नेपाल र अमेरिकाबीच २०१२ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरमै भेट भएको छ। लिग चरणको खेलमा नेपालले अमेरिकालाई ३२ रनले पराजित गरेको थियो। नेपालका सुवास खकुरेलले ११५ रन बनाएका थिए। २५९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले २२६ रनमात्रै बनाउन सकेको थियो।

मलेसियामा भएको यो प्रतियोगिताको फाइनलमा फेरि नेपाल र अमेरिकाबीच भेट भएको थियो। फाइनलमा पनि नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै डिभिजन थ्रीमा प्रवेश गरेको थियो।
नेपाललाई च्याम्पियन बनाउन बसन्त रेग्मीले ५ विकेट लिएका थिए। ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले ६६ रन बनाउँदा सुवासले अविजित ४० रन बनाए।

सन् २०१३ अप्रिल २८ आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल अमेरिकासँग ९४ रनले पराजित भयो, जुन अमेरिकासँगको अहिलेसम्मकै सबै भन्दा ठूलो हार हो।

त्यो खेलमा अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३६६ रन बनाउँदा स्टेफन टाइलरले १६२ रनको योगदान दिएका थिए। जवाफी ब्याटिङ थालेको नेपाल भने ४९.५ ओभरमा अलआउट हुँदै २७२ रन मै समेटियो। नेपालका तत्कालीन कप्तान पारस खड्काले ७३ र शरद भेषावकरले ७२ रन बनाएका थिए।

अमेरिका र नेपालबीचको पछिल्लो आधिकारिक खेल भने २०१४ अक्टोबर २८ मा मलेसियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्री हो। जहाँ नेपालले अमेरिकालाई डकवर्थ लेविस मेथड(डिएल) का आधारमा १० रनले पराजित गरेको थियो। त्यसबेला नेपालका सुवास खकुरेलले अविजित ४९ रन बनाएका थिए।

२०१७ डिसेम्बर १ मा नेपाल र अमेरिकाबीच अभ्यास खेल भएको छ। जहाँ नेपालको नेतृत्व शरद भेषावकरले गरेका थिए। यो खेलमा अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भरिभराउ बन्दिपुरका होटल मंगलबार, मंसिर ९, २०८२
मधेस प्रदेशमा आज सार्वजनिक बिदा मंगलबार, मंसिर ९, २०८२
एनपिएल: काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै मंगलबार, मंसिर ९, २०८२
आज विवाह पञ्चमी : जनकपुरमा भव्य उत्सव मंगलबार, मंसिर ९, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी सोमबार, मंसिर ८, २०८२
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्