काठमाडौ- इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालत रौतटहको आदेशले थुनामा रहेका नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ गर्न उच्च अदालतले अस्वीकार गरेको छ।
उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जले अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने सरकारी प्रस्ताव अस्वीकार गरेको हो।
न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलाशले ८ बुँदामा व्याख्या गर्दै यस्तो आदेश गरेको हो। आलमको मुद्दा अब जिल्ला अदालत रौतहटबाटै सुनुवाइ हुने भएको छ।
आलमको मुद्दा रौतहट जिल्ला अदालतवाट सुनुवाइ गर्न समस्या भएकाले पर्सा जिल्ला अदालतमा सार्न सरकारी पक्षले निवेदन दिएको थियो। रौतहट जिल्ला अदालतमा सुनुवाइ हुँदा आलम पक्षले साक्षीलगायत अन्यलाई प्रभावमा पार्ने दाबी गर्दै सरकारी वकिलको कार्यालयले पुस १ गते उच्च अदालत वीरगञ्जमा निवेदन दिएको थियो।
सरकारी पक्षको उक्त निवेदनपछि आलम पुस २८ गते धरौटीमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालत पुगेका थिए। स्वच्छ सुनुवाइको हक माग गर्दै सरकारी पक्षले दिएको निवेदनमा २०७६ पुस १७ गते एकल इजलाशले संयुक्त इजलाशमा पठाउने र एमिकस क्युरीको सहायता लिने आदेश गरेको थियो।
कुनै अदालतमा विचाराधीन मुद्दालाई अर्को अदालतबाट थप काम कारबाहीहरु वा निरुपणसमेत गर्ने गरी सार्ने विधिशास्त्रीय मान्यता भएको दावी गर्दै सरकारी पक्ष उच्च अदालत पुगेको थियो। बारा, पर्सा र रौतहट जिल्ला अदालतहरुमा विचाराधीन मुद्दाहरुका सम्बन्धमा उपयुक्त आदेश जारी गर्न सक्ने अधिकार संविधानको धारा १४५ एवं न्याय प्रशासन ऐन २०७३, को दफा २० को उपदफा ९२० समेतले प्रदान गरेको दावी गर्दै सरकारी पक्ष उच्च अदालत पुगेको थियो ।
उक्त निवेदनमा आदेश गर्दै उच्चले न्यायिक औचित्यताको पुनः विवेचना र मूल्याङ्कनका साथ आवश्यक देखिएको पछिको स्थितिमा अर्थात् पछि पनि उपयुक्त आदेश गरी तत्तसम्बन्धी व्यवस्थापन हुन सक्ने भन्दै रौतहट जिल्ला अदालतबाट पर्सा जिल्ला अदालतमा सारी बाँकी काम कारबाही तथा निर्णय गर्नुनपर्ने आदेश गरेको छ।
उच्चले विचाराधीन उक्त मुद्दाको बाँकी काम कारबाही र किनाराका सम्बन्धमा रौतहट जिल्ला अदालतबाटै कानुनबमोजिम गर्नु पनि भनेको छ। उच्चले कानुनबमोजिम बुझ्नुपर्ने जे–जो प्रमाण बुझी कारबाही तथा किनारा गर्नु भनी जिल्ला अदालत र त्यसको जानकारी नख्खु कारागारमा रहेका आलमलाई पठाउन भनेको छ।
यस्ता छन् उच्चका आठ व्याख्या
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।