काठमाडौं- थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले एक अधिवक्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अधिवक्ता टंकबहादुर रानामगर छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो।
उनले जन न्यायीक कानूनी सेवा नाम राखेर ल फर्म चलाउँदै आएका छन्। राजश्व चुहावटको आरोपमा थुनमा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले ४२ लाख रुपैयाँ लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
दाहालसँग अदालतले २ करोड २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी तिर्न नसकेको उनी नख्खु कारागारमा जेल भुक्तान गरिरहेका छन्। दाहाललाई गत वर्षको मंसिर २७ गते केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।