इटहरी- प्रहरी जवान महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी शौरभ राणालाई दोस्रो पटक ८ दिनको म्याद थप भएको छ।
पक्राउ पुर्जी जारी भएपछि गत आइतबार उनी आफैं आत्मसमर्पण गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका थिए।
सोमबार ५ दिनको म्याद थप भएपछि उनी हिरासतमै छन्।
जिल्ला आदलत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजालसले दोस्रोपटक ८ दिनको म्याद थप गरेको हो।
उता बलात्कार आरोपित महिलाले भने आफूलाई जबर्जस्ती मुद्दा दर्ता गर्न लगाएको बताउँदै आएकी छन्। जिल्ला वकिलको कार्यलय पुगेर उनी मुद्दा फिर्ता लिइदिनको लागि अनुरोध गरिरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।