काठमाडौं- सरकारले देशका विभिन्न ५ गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।
औद्योगिक ग्राम घोषणा भएका गाउँमा डोटीको जऊराय गाउँपालिका वडा नम्बर २, बझाङको तलकोटा गाउँपालिका वडा नम्बर ६ र ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६ छन्।
यसैगरी, स्याङ्जाको चापाकोटा नगरपालिका वडा नम्बर ९ र स्याङ्जाकै गल्याङ नगरपालिका वडा नम्बर १ औद्योगिक ग्राम घोषणा भएका छन्।
यी हुन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय

.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।