काठमाडौं- गएराति मोटरसाइकलमा सवार दुई जनाको ज्यान जाने गरी भएको दुर्घटनामा संलग्न टिपर नख्खुमा फेला परेको छ। हिट एण्ड रनमा संलग्न बा ४ ख ८५६९ नम्बरको टिपर नख्खुमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। चालक भने फरार छन्।
गएराति कलंकी अण्डरपासमा प्रदेश २, ०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई उक्त टिपरले ठक्कर दिँदा रौतहट घर भएका १९ वर्षीय राकेशकुमार चौधरी र पछाडि सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।