काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला नेता हरिदेव गिरिको शंकास्पद मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काभ्रेका नेता गिरि नयाँबानेश्वरको डि क्याफे एण्ड किचन रेस्टुरेन्टमा अचेत अवस्थामा गत मंगलबार भेटिएका थिए। उपचारका लागि सिभिल अस्पताल पुर्याइएका उनको अस्पतालमै मृत्यु भएको थियो ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनको मृत्यु शंकास्पद देखिएपछि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बोगटीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।