• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

किर्ते मुद्दाका फरार नेकपा नेताबारे प्रहरीको रेडिमेड उत्तर- खोज्दैछौं

64x64
नेपाल लाइभ शनिबार, माघ २५, २०७६  ०६:३०
1140x725

इटहरी- सरकारी छाप र दस्तखत किर्ते मुद्दामा फरार नेकपाका दुई नेता लामो समयसम्म पक्राउ पर्न सकेका छैनन्। झापाको दमक नगरपालिकास्थित ५० बिघा सरकारी जग्गा किते गरी व्यक्तिका नाममा ल्याएको आरोप लागेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता गगन पुरी लामो समयदेखि फरार छन्। यसैगरी, मोरङ धनपालथान गाउँपालिका-६ की नेकपा प्रदेश सांसदसमेत रहेकी गुलेफुन खातुन उच्च अदालत विराटनगरले कैद सजायको फैसला गरेदेखि फरार छिन्। 

दुवै नेताका बारेमा प्रहरी मौन छ। फरार भनिएका पुरीले प्रहरीका उच्च अधिकारीलाई बारम्बार धम्की दिँदासमेत पक्राउ पर्न सकेका छैनन्। तर प्रहरीले भने खोजी तीव्र बनाएको मात्र बताउँदै आएको छ। 

यस्तो छ खातुनको किर्ते प्रकरण 
खातुन तत्कालीन एमालेबाट सामानुपातिक कोटामा प्रदेशसभा सदस्य बनेकी हुन्। उनलाई सरकारी छाप, दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवाना फैसला गरेको छ। अदालतले खातुनविरुद्ध कसूर ठहर गरेपछि प्रहरीले उनलाई फरार सूचीमा राखेको छ।

मोही हकको कित्ता नम्बर ११० को ७ हजार २ सय ८० वर्गमिटरको जग्गा आफ्नो नाममा बनाएको आरोपमा उनी दोषी ठहर भएकी हुन्। साविकको कदमाहा गाविसमा खरिददारसहित चार जना मिलेर सरकारी छाप र दस्तखत किर्ते गरेको आरोप पुष्टि भएको छ। 

०७३ असार ४ गते पक्राउ परेकी खातुन र उनका श्रीमान् शेख सिलावर मियाँलाई मोरङ प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। ०७३ असार २८ गते खातुनसहित चार जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ‘सरकारी छाप, दस्तखत कीर्ते’ मुद्दा दर्ता भएको थियो। 

खरिदार दीपचन्दकुमार मण्डल, कार्यालय सहयोगी विजयकुमार कामत, शेख सिलावर र सांसद खातुनलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो। जसमध्ये मण्डल र कामतलाई फरार प्रतिवादी बनाइएकाे थियाे। 

जिल्ला अदालत मोरङले ०७३ असार २९ गते खातुन र मियाँलाई जनही १० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। खातुन र मियाँ धरौटीमा छुटेको जानकारी पाएपछि कामत र मण्डल पनि ०७३ असार ३१ गते सुटुक्क अदालत पुगे। सोही दिन थुनछेक बहसपछि अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दियो। 

तत्कालीन मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले २०७४ वैशाख ३१ गते खातुन र मियाँलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवनाको फैसला गर्‍यो। प्रहरीको अनुसन्धानका क्रममा उनलाई २५ दिन हिरासतमा राखिसकेका कारण ११ महिना ५ दिन कैद र ९ हजार ९ सय ५० रुपैयाँ जरिवाना तोकियो। यस्तै मण्डल र कामतलाई अदालतले ३ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

मोरङ अदालतले गरेको फैसला चित्त नबुझेपछि खातुनसहित चार जनाले उच्च अदालत विराटनगरमा पुनरावेदन गरे। उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र यमुना भट्टराईको संयुक्त इजलाशले ६ पुसमा गरेको फैसलाले खातुनसहित तीन जनाविरुद्ध जिल्लाको फैसलालाई सदर गर्दै जरिवाना वृद्धि गरेको छ। खातुन, मण्डल र कामतलाई कैद सजाय जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ। तर खातुनका श्रीमान् मियाँले भने सफाइ पाएका छन्। उच्चको फैसला आएपछि फरार भएकी खातुन अझसम्म प्रहरीको फरार सूचीमा छिन्।

यस्तो छ पुरीको किर्ते प्रकरण
सरकारी दस्ताखत छाप किर्ते मुद्दा लागेका पुरी प्रहरीको फरार सूचीमा भएका अभियुक्त हुन्। परिवार स्राेतका अनुसार उनी भारतमा छन्। तर प्रहरीले खोजी तीव्र पारेको भने पनि उनी अझसम्म पक्राउ पर्न सकेका छैनन्। 

दमक नगरपालिका-८ को ५० बिघा जग्गा किर्ते गरेको आरोप उनीमाथि लागेको छ। तत्कालीन माओवादी केन्द्रबाट दमक नगरपालिका मेयरका उम्मेदवार पुरीको समूहले मालपोतको ढड्डामै पाना थपेर किर्ते गरेको प्रमाण फेला परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।  

पहिलो पटक गत मंसिर १९ गते पक्राउपुर्जी जारी भयो। त्यो बेला पुरी दमक आसपासमै थिए। तर प्रहरीले पक्राउ गर्ने बुझेर उनी फरार भए। उनी फरार भए पनि प्रहरीका उच्च अधिकारीलाई धम्कीको भाषामा स्टाटस लेखिरहेका थिए। एक महिनासम्म पनि पक्राउ नपरेपछि पौष २४ गते पुरीविरुद्ध अर्को पक्राउपुर्जी जारी भयो। तर उनी अझसम्म फरारको फरार नै छन्। 

पुरीले नापी र मालपोतका कर्मचारीको मिलेमतोमा मालपोतको ढड्डामा चार वर्षयता विभिन्न व्यक्तिको नाम चढाएर जग्गा लिन खोजेको अनुसन्धानमा खुलेको छ। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पानासमेत थप गरिएको छ। नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर सो अनुसारको किर्ते धनीपुर्जा बनाइएको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेको फेला पारिसकेको छ। किर्ते काण्डमा ६ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरी मुद्दा चलाइसकेको थियो। पछि झापा जिल्ला अदालतले जनही तीन लाख ७५ हजार धरौटीमा रिहा गरेको छ।

प्रहरी भन्छ- खोज्दैछौं 
अदालतले दोषी ठहर गरेपछि खातुनलाई खोज्न प्रहरी लागिपरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापा बताउँछन्। अदालतले दोषी ठहर गरेकै दिनदेखि खातुनको खोजी तीव्र पारिएको उनको भनाइ छ। 

पुरीको किर्ते प्रकरणमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डित चित्तबुझ्दो उत्तर दिँदैनन् तर सँधै रेडिमेड उत्तर आउँछ- खोज्दैछौं।

आफूले खोजी तीव्र पारेको तर अझसम्म नभेटेको उनको भनाइ छ। पुरीका विषयमा अनुसन्धान भइरहेकाले केही बोल्न नमिल्ने भन्दै सूचना थप सूचना दिन अस्वीकार गरे।

प्रहरीलाई धम्की दिएको विषयमा यो पुरानो कुरा भएको बताउँछन्। 

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन
कोशीमा भारी वर्षाको चेतावनी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन शनिबार, असार १३, २०८३
कोशीमा भारी वर्षाको चेतावनी शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्