काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ।
बालुवाटार जग्गा प्रकरण अनियमिततामा मुछिएका गच्छदारको सांसद पद विशेष अदालतमा मुद्धा दायर भएसँगै निलम्बनमा परेको हो। भ्रष्टचारको मुद्धा दायर भएसँगै सांसद र केन्द्रीय सदस्यको पद गच्छदारको निलम्बनमा परेको छ।
बालुवाटार जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको अभियोगमा कांग्रेस उपसभापति विजय गच्छदारलाई दोषी ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
पूर्वमन्त्री गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजारलाई बिगो कायम गरी मुद्धा दायर गरिएको छ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला गच्छदार भौतिक तथा निर्माणमन्त्री थिए। भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले अघि बढाएको प्रस्तावलाई गच्छदारले स्वीकृति दिएका थिए।
प्रधानमन्त्री निवास विस्तार र मोही कायम गर्ने प्रस्तावलाई उनले स्वीकृति दिएका थिए।
नक्कली मोही खडा गरी मोही बनेका सबैलाई आधा जग्गा दिने निर्णय गरिएको थियो।
जग्गा अनियमिततामा मुछिएका गच्छदारलाई अख्तियारले बयान समेत लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।