Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

माटो र मुसहरको नाता

64x64
नेपाल लाइभ बुधबार, माघ २२, २०७६  १४:२८
1140x725

काठमाडौं- माटोसँगको अटुट नाता!  माटो काट्ने, सम्याउने र भर्ने काममा पोख्त मानिने तराईका मुसहर जातिका कूलदेवता पनि भुँइयाँ महाराज। ‘भुँइयाँ’ अर्थात् भुइँका देवता। 

मुसहर आफ्नो यसै भुईंको नाता चिनाउँछन्। जीवन गुजाराको मुख्य पेशा नै कृषि मजदूरी मानिने मुसहर (पुरुष) तराईमा एक ठाउँको माटो काटेर अर्को ठाउँमा भर्न टाला (काँधमा बोकिने भार) बोक्न सम्झिने खास जाति समुदाय हुन्। 

माटोसँग यस्तो नाता जोड्ने मुसहरको अहिले (माघ महिना) कूलदेवता अर्थात् भुँइयाँ महाराजको पूजाआराधनाको उत्सवको मौसम (बेला) हो। महोत्तरीका प्रत्येकजसो मुसहर बसोबासका बस्तीमा अहिले दिनहुँजसो भुँइयाँ महाराजको पूजाआराधना आयोजना भइरहेका छन्।

साउन, भदौ, कात्तिक, पुस र चैतबाहेक अन्य महिनामा सामूहिक छलफलबाट उत्सव गर्न मिल्ने भए पनि मुसहर फुर्सदको हिसाबले धेरैजसो माघमै यो उत्सव मनाउने गरेको देखिन्छ। माघमा कृषि काममा मजदूरी गर्न बोलाहट कम हुने भएको हुँदा यो उत्सव यसै महिनामा आयोजना गर्ने गरिएको मुसहरको भनाइ छ।

बर्दिवास-१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले भुँइयाँ महाराजको तीनदिने पूजा अनुष्ठान भर्खरै सम्पन्न गरेका छन्। भङ्गाहाका मुसहर बस्तीमा धमाधम भुँइयाँ उत्सवको तयारी छ।

एउटा बस्तीका मुसहरले सामूहिक रुपमा मनाउने यो अनुष्ठानमा भुँइयाँ महाराजका नाउँले चिनिने कूलदेवता दिना-भद्रि नामका दुई भाइको वीरगाथा गाउने, दिना-भद्रिका जीवनसँग सम्बन्धित नाटक खेल्ने, पूजा अनुष्ठान गर्ने र सामूहिक भोज खाने चलन छ।

पूजाअनुष्ठानमा दिना-भद्रिको आराधनाका लागि ‘देहशुद्धि’ (शरीर शुद्धि) का लागि भकभक उम्लेको दूधले नुहाउने चलन छ। यस विधिलाई मुसहर ‘अपटनी’ भन्छन्। तान्त्रिक विधिको यो स्नान मुसहर जातिको मौलिक संस्कृति भएको नमूना बस्तीका एकमात्र उच्च शिक्षा अध्ययनरत (स्नातक तह पढ्दै गरेका) मञ्जे सादाले बताए। ‘चरम गरिबी र अशिक्षाको भुमरीमा जोतिएका हाम्रा पुर्खाले कुनै इतिहास लेखेनन्,’ मञ्जेले भने, ‘वंश परम्पराबाट (देखेर) सर्दै आएको भुँइयाँ महाराज (दिना-भद्रि दाजुभाइ) को पूजा उत्सव नै हाम्रो जातिको विशेष सांस्कृतिक उत्सव बन्दै आएको छ।’ 

भुँइयाँ महाराजको पूजाआराधनामा तातो दूधले नुहाउँदा फोका उठ्ने वा कुनै स्वास्थ्य समस्या कहिल्यै थाहा नपाइएको बस्तीका माइजन (बस्तीका सबैले छानेका अगुवा, सांस्कृतिक प्रतिनिधि) बिशुन सादाले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

कूल धामीले तान्त्रिक विधिबाट सम्पन्न गर्ने ‘अपटनी’ तीनदिने उत्सवको मुख्य आकर्षण रहँदै आएको बिशुनको भनाइ छ।

‘सप्तरी जिल्लामा कोसी किनारको जोगियानगर बस्ती हाम्रा लागि तीर्थस्थल नै हो, आदिकालमा त्यहीँ नै कालु सादा (पिता) र निरसा सादा (माता) का सन्तान भएर जन्मनुभएका दिना-भद्रि दुवै भाइ (दिना र भद्रि दाजुभाइ रहेका विश्वास) भुँइयाँ महाराजको नामले प्रसिद्ध हुनुभयो,’ बिशुनले आफ्नो पुरानो इतिहास थोरै कोट्याउँदै भने, ‘लिखत केही भेटिँदैन, सुने सुनाएका भरमा मान्दै आइएको छ।’ त्यतिखेर समाजमा हुने अन्याय र थिचोमिचोविरुद्ध सङ्गठित प्रतिरोधको प्रयत्न गर्दा आफ्नै गुरुआमा देवी बगेश्वरले दिना-भद्रिको हत्या गरेको प्रसङ्ग आफ्ना बाजेले बताएको बिशुनको भनाइ छ।

मुसहर जातिमा सादा, माझी र सदाय थर प्रायशः भेटिएका छन्। मुसहर जातिका पुराना कुनै लिखित इतिहास, वंशावली वा प्रामाणिक कागजात भेटिएका छैनन्। यद्यपि मुसहरका कूलदेवता दिना-भद्रिले ‘भुईं’ (यथार्थको अर्थमा) टेक्न (सत्य समाउन) आफ्ना सन्तानलाई प्रेरित गरेका हुँदा पछि उनलाई भुईंसँगको नाता जोडाउने देवताका रुपमा ‘भुइयाँ महाराज’ भनिन लागिएको हुनसक्ने मुसहर जातिबारे अध्ययन गर्दै आएका भोर संस्थाका अध्यक्ष राजकुमार महतोको भनाइ छ। 

दिना-भद्रि १२ वर्षसम्म जमीनमुनि गाडिएर रहँदा पनि सकुशल रहेका लोकोक्तिले भुइँसँगको मुसहरको नाता झन् गाढा बनेको महतोको भनाइ छ। ‘न कुनै लोभ ! न धन सङ्ग्रहको भोक, आम रुपमा देखिने भेटिने मुसहर यस्तै हुन्छन्,’ महतोले भने, ‘बिहान खाएपछि साँझको खानाको जोहोभन्दा पर भोलिका लागि मुसहरले केही सङ्ग्रह गर्दैनन्।’

Xtrem

Xtrem

पुस्तैनी ‘जन’ (दैनिक ज्यालादारी गर्ने मजदूर) भएर जिन्दगी गुजार्ने मुसहर समुदायमा अब बल्ल पछिल्लो पुस्ताका नानीहरु कतैकतै लेखपढ गर्न विद्यालय जान थालेका छन्। यद्यपि लेखपढबारे थोरै चासो बढे पनि गरिबीकै कारणले खास तहको शिक्षा पाएका मुसहर कहीँकतैमात्र भेटिन्छन्। गरिब र दलितका नाउँमा विभिन्न सचेतनामूलक र आयमूलक कार्यक्रम विभिन्न तहका सरकारले सञ्चालन गरे पनि मुसहर समुदायसम्म यो प्रभावकारी रुपमा नपुगेको महतोको भनाइ छ। 

घरमूली र वयस्क पुरुष बिहान उज्यालो हुनासाथ गिरहत (धनी, आफूले काम गर्न जाने घरधनीलाई मुसहर गिरहत भन्छन्) को घरमा मजदूरी गर्न जान्छन्। सात/आठ वर्ष नाघेका नानीहरु खुर्पी र कोदालो (खन्ने औजार) लिएर मुसा खोज्न, कतै मुसाको दुलो देख्नासाथ त्यसलाई पहिल्याउँदै खन्दै गएर मुसा मारेर घर फर्कनु मुसहर बालबालिकाको दैनिकी हो।

घरका वयस्क महिला भने छोरीचेली लिएर घुँगी (हिलो पानीमा पाइने शङ्खे किरा प्रजातिको किरा) मार्न जान्छन्। मुसा पोलेर बनाइने चटनी र घुँगीको झोल मुसहरले खाने विशिष्ट परिकार मानिन्छ।

तराईमा गुजुमुज्ज पराले छानाका छाप्रा (झुप्रा) देखिएपछि त्यो मुसहर बस्ती भनेर सहजै चिन्न सकिन्छ। सोझा र आफ्नो गरिबी अभावबारे कसैप्रति गुनासो नगर्ने मुसहर कुपोषणकै कारण ५० वर्षभन्दा बढी बाँचेका प्रायः भेटिँदैनन्।

जन्मिदै माटोको टीका लगाइने, काम माटोकै गर्ने र कूलदेवता पनि ‘भुइँ’सँगै नाता जुटेका ‘भुइयाँ महाराज’ पुज्ने मुसहर तराईका आदिवासी दलित समुदायका हुन्। यिनको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मुख्य रुपले शिक्षामै विशेष जोड दिनुपर्ने मुसहर जाति समुदायको बसोबास र रीतिथिति नजिकबाट नियालेका भङ्गाहा-३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालले बताए। यसको मुख्य समन्वय स्थानीय तहबाटै हुनुपर्ने दाहालको सुझाव छ।

प्रदेश-२ का आठ जिल्लाबाहेक पूर्वका मोरङ र सुनसरी जिल्लामा मुसहरको बसोबास छ। २०६८ सालको जनगणनामा महोत्तरीमा दुई हजार ३ सय जनसङ्ख्या देखिने मुसहर अहिले भने पाँच हजारको हाराहारी पुगेको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ। अहिले जिल्लाका १५ वटै स्थानीय तहसँग मुसहरलक्षित विशेष कार्यक्रम सञ्चालनका लागि समन्वय भइरहेको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ। -रासस

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्