• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ५ प्रदेशसभाकाे दुई वर्ष, राजधानी र नामकाे प्रस्तावसम्म आएन

64x64
दीपक घिमिरे बुधबार, माघ २२, २०७६  १३:१५
1140x725

भैरहवा- प्रदेश ५ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ। २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो।

प्रदेशसभाले दुई वर्ष बितिसक्दासम्म प्रदेशको नाम र राजधानी दिन सकेको छैन। प्रदेशसभाको आफ्नो मुख्य काम स्थायी राजधानी तोक्न र नामाकरण गर्ने भएपनि अहिलेसम्म संसदमा राजधानी र नामाकरणका लागि प्रस्तावसम्म लगिएको छैन।

प्रदेशसभा गठन भएर सञ्चालन भए यता ११७ बैठक बसेका छन्। ११७ वटा बैठक बस्दासमेत प्रदेशको नाम र राजधानीले प्रवेश नपाउनुले सरकार र संसदमाथि नै प्रश्न उठन थालेको छ। दुई वर्ष हुँदासम्म पनि प्रदेशसभाले प्रदेशको नाम र राजधानी दिन नसकेपछि सर्वसाधरणदेखि उद्योगी व्यवसायी र बुद्धिजिवीसम्मले सरकार र संसदको आलोचना गर्न थालेका छन्। सर्वसाधरण सरकार र संसदको काम देखेर आक्रोशित छन्।

७ वटा प्रदेशमध्ये अहिलेसम्म ४ वटा प्रदेशले आफ्नो प्रदेशको स्थायी नाम र राजधानी तोकेका छन्। प्रदेश २ मा पनि राजधानी जनकपुर हुनेमा संसदीय विशेष समितिमा सर्वसम्मति भएको छ।

रुपन्देहीको भैरहवाका स्थानीय नेत्रप्रसाद आर्चायले दुई वर्षसम्म प्रदेशको नाम र राजधानी तोक्न नसक्नु सरकार र संसदको लाचारी पन भएको टिप्पणी गरे। राजनीतिक दाउपेचका कारण अहिलेसम्म प्रदेशको नाम र राजधानी नतोकिएको हो आर्चायले भने, 'सरकार स्वयं संघीयता नचाहेको जस्तै गर्दै हिडेंको छ। सबै हिसाबले प्रदेशको राजधानी बुटवल नै उपयुक्त छ, यसलाई राजनीतिक दाउपेचसँग जोडन हुँदैन।’ उनले नाम र राजधानी तत्काल तोक्न आग्रह गरे।

प्रदेशको राजधानीका लागि आर्थिक र पूर्वाधारका हिसाबले रुपन्देही नै उपयुक्त हुने उद्योगी तथा व्यवसायीको भनाई छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले प्रदेशको नाम र राजधानी तोक्न ढिलाई गर्न नहुनेमा जोड दिए। उनले प्रदेश ५ को राजधानी आर्थिक तथा पूर्वाधारका हिसाबले रुपन्देही उपयुक्त हुने उल्लेख गर्दै सोहि अनुसार काम अगाडि बढाउनु पर्ने बताए।

रुपन्देही पश्चिमाञ्चल क्षेत्रको पुरानो र सबैभन्दा ठूलो व्यापारिक तथा शैक्षिक केन्द्र हो। नेपालकै दोस्रो ठूलो भन्सार तथा सीमा नाका, विशेष आर्थिक क्षेत्र (सेज) अन्तराष्ट्रिय बिमानस्थल तथा अन्य पूर्वाधार रहेका छन्। राजधानीका लागि आवश्यकपर्ने पूर्वाधार र सुगमताका हिसाबले राजधानी रुपन्देही उपयुक्त हुने अध्यक्ष न्यौपानेको भनाई छ।

राजधानी र नामका नाममा सकियो आधा करोड 
प्रदेशसभाको नामाकरण र स्थायी राजधानीका नाममा आधा करोड बढी रकम सकिएको छ। नाम र राजधानी तय गर्न गठित विशेष समितिले पनि डेढ वर्ष लगाएर अपुरो प्रतिवेदन प्रदेश सचिवालयमा बुझाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

५० लाख रुपैयाँभन्दा बढी खर्च गरेको समितिले स्थायी राजधानीका लागि बुटवल पश्चिम (सैनामैना), कपिलवस्तुको (बुद्धभूमि) र दाङको (लमही) क्षेत्रमा राजधानी बनाउ सकिने प्रतिवेदन बुझाएको छ। नामका विषयमा भने अहिलेसम्म एकमत देखिएको छ। समितिले प्रस्ताव गरेको नाम लुम्बिनीमा सबै सांसद एकमत देखिएका छन्। समितिले पेश गरेको प्रतवेदनका विषयमा भने समितिका सांसदहरु बोल्न चाहदैनन्।

समितिले जिल्ला जिल्लामा गएर प्रदेशको नामाकरण र राजधानीको लागि सुझाव संकलन पनि गरेको थियो। राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायतका स्थानका लागि सुझाव दिइएको थियो। प्रदेशको नाम लुम्बिनी राख्न धेरैले सुझाव दिएका थिए।

सोहि अनुसार अहिलेसम्म नामका विषय अगाडि बढेको छ। सुझाव संकलनका क्रममा दाङमा २२८, रुपन्देहीमा १६८, पश्चिम नवलपरासीमा ५९, पाल्पामा ८७, गुल्मीमा ७२, कपिलवस्तुमा १०१, बर्दियामा १११, बाँकेमा १२६, अर्घाखाँचीमा ११७, रुकुममा ६०, रोल्पामा ८९, प्यूठानमा १०४ वटा फाराम भरिएका थिए। सबैभन्दा कम पश्चिम नवलपरासीमा जम्मा ५९ र सबैभन्दा बढी दाङमा २२८ फाराम भरिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशको नाम र राजधानी राख्ने विषयमा सिक्न भन्दै समितिका सभापति दीपेन्द्रकुमार पुन मगर सहितको टोली भारत भ्रमण गएर आएको थियो। प्रदेशसभाबाट ७ लाख रकम लिएर टाेलीले मंसिर २१ गते देखि २७ गतेसम्म भारतको चण्डीगढ भ्रमण गरेको थियो। भारत भ्रमणपछि पनि केहि गर्न नसकेको भन्दै जनस्तरबाट निकै आलोचनासमेत भएको थियो।

सुझावका लागि विशेष समितिले गत असारमा विज्ञहरु तोकेको थियो। विज्ञका रुपमा शिवराम प्रधान, डा.कृष्णप्रसाद पौडेल र डा. उद्धवराज खड्का रहेका थिए। उनीहरुले प्रदेशका सबै संभावित ठाउँहरुको अध्ययन गरेपछि सुझाव तयार पारेका थिए।

विशेष समितिले प्रतिवेदन बुझाउने म्याद पछिल्लो पटक ६ महिना र त्यसअघि दुई पटकसम्म तीन–तीन महिनाका दरले म्याद थप गरिएको थियो। विशेष समितिको पछिल्लो पटक जेठ ३० गते ६ महिना म्याद थप गरिएको थियो।

प्रदेशसभाको ०७५ साउन २४ गतेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समिति गठन गरेका थिए। प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेशसभा नियमावली २०७४ (संशोधनसहित)को नियम १५२ मा व्यवस्था भएअनुसार विशेष समिति बनाइएको थियो।

२०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका अस्थायी मुकाम तोकेको थियो।

हिउँदे अधिवेशनबाटै नाम र राजधानी तोक्न सांसदको माग 
प्रदेश ५ को स्थायी राजधानी र नाम छिटो टुंगो लगाउनुपर्ने भन्दै सांसदहरूले पटकपटक आवाज उठाएका छन्।

प्रदेश नम्बर ५ को हिउँदे अधिवेशनको पहिलो बैठकमा सुरु भएदेखि प्रदेशसभा स्थापना दिवसमा समेत सांसदहरुले नाम र राजधानीबारे आवाज उठाएका छन्।

नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रदेशको नाम र राजधानीको विषय छिट्टै टुङग्याउनु पर्नेमा जोड दिइन्। उनले यही हिँउदे अधिवेशनबाटै प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन आग्रह गरिन्। उनले भन्छिन्, ‘सबै कुरामा अब्बल प्रदेशले अब नामकारण र राजधानीको टुंगो लगाउने विषयमा ढिलाइ गर्न हुँदैन, यही अधिवेशनले टुंगो लगाएर अगाडि बढनुपर्छ।’

नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी र नामकरण टुंगो लगाउन प्रदेशसभामा गठन भएको विषेश समितिले पेश गरेको प्रतिवेदनलाई व्यापक छलफल गरी सोहि प्रतिवेदनका आधारमा राजधानी र नामकरणको विषय टुंग्याइनुपर्ने बताए।

समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डेयले प्रदेशको राजधानी र नामाकरण छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिए। उनले नाम र राजधानीको टुंगो लगाउन नसक्दा आम नागरिकबाट आलोचित हुनु परेको बताए।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले राजधानी बुटवल नै हुने बताउँदै आएका छन्। ‘हामीले प्रदेश ३ को नजीर हेरेका थियौं, हेटौंडाबाट पनि राजधानी सरेन,’ चौधरीले भने, ‘हामी पनि यहीँ (बुटवल) नै राजधानी बनाउछौ, राजधानी सर्दैन।

प्रदेशको राजधानीका लागि आवश्यक पूर्वाधार रुपन्देहीमा भएका कारण राजधानी सरेर अन्यत्र नजाने प्रवत्ता चौधरीको भनाई छ।

प्रदेश ५ मा नेकपाको दुई तिहाइ बहुमत छ। ८७ सदस्यीय प्रदेशसभामा नेकपामा ६१ सांसद छन्।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्