• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ट्रकभित्रै सामूहिक यौन सम्पर्कपछि युवतीको हत्या, मोबाइलबाट खुल्यो पोल

ट्रकमा हालेर फालियाे शव
64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  १४:५२
1140x725

काठमाडौं- मकवानपुरको हेटौंडाकी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हेटौंडा नगरपालिका-११, थानाभन्ज्याङमा सामूहिक यौन सम्पर्कपश्चात् भएकाे हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल, हेटौंडा-१४ का २१ वर्षीय ह्याक्चर भनिने बुद्ध लामा, हेटौंडा-९ का १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा-४ का २५ वर्षीय घन्टाउके भनिने सुशील थापामगर छन्।

 यसरी भएको थियो अजिताको हत्या

ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक हुन् सिमोन परियार। उनै सिमोनको बयानबाट हत्या कसरी भएको थियो भन्ने पोल खुलेको थियाे।

माघ ३ गते रातको ९ बजे हापु भनिने सिमोनले साहुलाई नसोधी मकवानपुरकै कमाने भन्ने ठाउँबाट उक्त ट्रक हाँकेर बसपार्क ल्याएका थिए।

बसपार्कमा हापुले चुरोट किनेर पिए। ‘जाडो धेरै भएको थियो। त्यसपछि मैले चुरोट पिएँ। तीन-चार खिल्ली खल्तीमा पनि हालेँ,' हापुले प्रहरीसमक्ष भनेका छन्। 

त्यति नै बेला घन्टाउके भन्ने सुशीलसँग उनको भेट भयो। ‘आज जाडो छ। कोही केटी खोजेर यौन सम्पर्क गरौं भन्ने हामीबीच सल्लाह भयो,’ हापुको बयान उद्धृत गर्दै मकवानपुरका एसपी सुशील सिंह राठाैरले भने, ‘त्यसपछि यी दुवै जना ट्रक लिएर थानाभन्ज्याङको गएको देखिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

ट्रक सुशीलले चलाएका थिए। उनीहरू राति १२ बजे ट्रक लिएर थानाभन्ज्याङ पुगे। त्यसपछि पूर्व-पश्चिम राजमार्गमा नै सो ट्रक साइड लगाए। सोही ठाउँमा उनीहरूले चिनेका थप दुई जना आशिष बल र ह्याक्चर भनिने बुद्ध लामा भेट भए।

भिडियो

यसपछि उनीहरू चारै जना मिलेर यौन सम्पर्क गर्ने सल्लाह गरे। 

घन्टाउने गाडीबाट झरे। युवती अजिता भुजेलसँग उनको कुराकानी भयो। सुशीलका अनुसार ७ हजार रुपैयाँमा चार जना मिलेर यौन सम्पर्क गर्ने सहमति भएको देखिएको एसपी राठौरको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि अजितालाई लिएर उनीहरू चारै जना ट्रकमा चढे। पालैपालाे अजितासँग यौन सम्पर्क गरे। अजिताले पहिले भनेअनुसार ७ हजार रुपैयाँ मागिन्।

पैसा नदिएपछि उनीहरूबीच विवाद भयो। त्यही विवादले उग्र रुप लिँदा अजिताको हत्या भएको प्रहरीको निष्कर्ष छ।

विवाद भएपछि घन्टाउके भनिने सुशीलले गाडीमा रहेको बिजुलीको तारले अजिताको घाँटी कसे।

त्यसपछि चारै जनाले घाँटी थिचेर अजिताको हत्या गरेको देखिएको एसपी राठौरको भनाइ छ।  

मोबाइलबाट खुल्यो हत्याको पोल 
हत्या गरेपछि घन्टाउकेले नै ट्रक चलाए। मृतक अजितालाई ट्रकमै राखेर उनीहरुले २ किलोमिटर टाढा क्याम्पा डाँडामा लगेर अजिताको शव फालेका थिए। उनीहरूले अजिताको हत्या गरेर शव फालिसक्दा रातको साढे १ बजिसकेको थियो। 

शंकास्पद अवस्थामा युवतीको शव भेटिएको खबर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो र हत्यामा संलग्न भएको आरोपमा ५ जना पक्राउ गर्‍याे। हत्याको पोल भने मोबाइलबाट खुलेको एसपी राठौरले जानकारी दिए। 

महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरे पनि कुनै 'क्लु' फेला पर्न सकेको थिएन।

सोमबार भने प्रहरीले महत्वपूर्ण क्लु पायो।

अजिताको मोबाइलमा सिमकार्ड हालेर प्रयोग गरेको प्रहरीको टेक्निकल टिमले पत्ता लगायो।

सोही आधारमा प्रहरीले मृतक अजिताको मोबाइलमा सीम हालेर चलाउने एलिसालाई हटौडा-११ बाट पक्राउ गर्‍यो।

अजिता हत्या आरोपमा पक्राउ परेका ५ व्यक्ति।

एलिसाले उक्त मोबाइल आफ्नो प्रेमी आशिषले दिएको प्रहरीलाई बयान दिइन्। सोमबार नै आशिषले मोबाइल दिएपछि उनले सिम हालेर चलाएको बताएकी छन्। मोबाइल चलाउन थालेको केही मिनेटमै उनी पक्राउ परिन्। एलिसामार्फत् आशिषलाई प्रहरीले सोमबार नै पक्राउ गर्‍यो।

तर आशिषले अजिता हत्याबारे बताएनन्। मोबाइल मात्रै ह्याक्चर भनिने बुद्धले दिएको बताए।

त्यसपछि प्रहरीले बुद्धलाई चितवनबाट पक्राउ गर्‍याे। बुद्धले भापु भन्ने सिमोन र घन्टाउके भन्ने सुशीलले दिएको बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। 

उनीहरूका साथबाट प्रहरीले मृतक अजिताको ओप्पो कम्पनीको मोबाइल र शव फाल्न प्रयोग गरिएको ना ६ ख ६५२७ नम्बरको ट्रक बरामद गरेको छ। 

यस घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरदेखि टेक्निकल इभिडेन्ससम्मको सहयोग लिएको थियो।

प्रहरीले अनुसन्धानकै लागि करिब २ सय ५० व्यक्तिसँग सोधपुछसमेत गरेको थियो।

पक्राउ परेका पाँचै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ। यसका लागि मकवानपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ। 

अनुसन्धान पूरा भएपछि जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर हुनेछ। 

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्