काठमाडौं– ९ हजार ५ सय घुुससहित नेपाल बिद्युत प्राधिकरण कलैया, बारामा कार्यरत इन्जिनियर रत्नेशकुमार चौधरी पक्राउ परेका छन्।
मिटरको बिद्युत क्षमता बढाउने (पावर अपग्रेड) प्रयोजनको लागि उनले घुस लिएका थिए। सेवाग्राहीले घुस दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गरेका थिए। घुस लिएलगत्तै बुधबार दिउँसो उनलाई कार्यकक्षबाटै आयोगको टोलीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।