Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली भाषाको उद्गमस्थल अजयमेरुकोट पर्यटक पखाईमा

योजनाबद्ध रुपमा संरक्षणमा लागेको गाउँपालिकाको दाबी
64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  ०६:१५
1140x725

डडेल्धुरा- नेपाल भ्रमण २०२० मनाइरहँदा नेपाली भाषाको उद्गमस्थल ऐतिहासिक अजयमेरुकोट पर्यटकको पर्खाइमा छ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाको नाम अजयमेरूकोटकै नामले राखिएकाे छ। गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अजयमेरुकोट पुग्न जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाबाट १० किलोमिटरको दूरी पार गरी उग्रतारा मन्दिर, अमरगढी किल्ला हुँदै जान सकिन्छ।

अहिले अजयमेरुकोटसम्म सडकको पहुँच पुगेको छ। गाउँपालिकाले आफ्नै सवारी साधन खरिद गरेपछि यहाँ घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ। डोटी, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, कैलाली र कञ्चनपुरका विद्यार्थी यहाँ घुम्न बढी आउने गरेका छन्।

आठौँं शताब्दीका राजा नागी मल्लले गर्मीको समयमा बसेर डोटी राज्य सञ्चालन गर्न अजयमेरुकोट बनाएको किम्बदन्ती छ। जुम्लादेखि कर्णाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गमस्थल मात्र नभई १५ सय वर्षअघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्रका रुपमा पनि हेर्ने गरिन्छ।

दरबारभित्रैबाट ४ किलोमिटर सुरुङमार्ग हुँदै गणीका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भूत कलाकृति, ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन्। अनुसन्धानकर्ताहरूका लागि अजयमेरुकोट एक महत्वपूर्ण अध्ययनस्थलको रुपमा छ। चार दशकभन्दा बढी अजयमेरुकाेटबाट शासन गरेका डोटेली राजाहरुले सो क्षेत्रमा निर्माण गरेका देवल, स्नान घर र पानी पँधेरो ढुंगेकला पनि धेरै पर्यटकको ध्यान खिच्न सफल छन्।

नेपाल एकीकरणको अभियानसँगै विसं १८४७ भदाै ३१ गते सेती नदी किनारमा गौर्खाली सेनासँग डोटेली सैन्य पराजित भएपछि डोटी राज्य बृहत नेपालभित्र समाहित भएको थियो। 

संरक्षणको अभावमा भग्नावशेषमा परिणत
ऐतिहासिक दरबार संरक्षणको अभावमा हाल भग्नावशेषमा परिणत भएकाे छ। उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसक्दा पनि संरक्षणमा ध्यान कसैको जान नसकेको भन्दै स्थानीय आक्रोशित छन्।अजयमेरु गाउँपालिकाको चिनारीको रुपमा रहेको अजयमेरुकोटलाई राज्यले उपेक्षा गरेको स्थानीयकाे गुनासाे छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिरहेको अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्ति  चोरी भइसकेका छन् भने ढुङ्गाहरु चोरेर स्थानीयवासीले प्रयोग गरिरहेका छन्। 

कोट क्षेत्रमा रहेका अधिकांश देवल पूर्णरुपमा नष्ट भइसकेका छन्। नेपाल सरकारबाट थोरै बजेट आउने र त्यो पनि उद्देश्यअनुसार काम नहुने गरेको स्थानीयवासीकाे आरोप छ। कोटको संरक्षण र संवर्धनका लागि गुरुयोजना बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ। समयमै कोटको संरक्षण गर्न नसके कथामात्रै बाँकी रहने स्थानीय बताउँछन्।

संरक्षण र संवद्र्धन हुन नसक्दा कोट क्षेत्रका गुफासमेत बन्द भइसकेका छन् भने कोटमा रहेको दरबार, घोडा राख्ने तबेला र अन्य संरचनासमेत हराउँदै गइरहेको स्थानीय चन्द्र ऐरले बताए। ‘अजयमेरुकोट क्षेत्रमा रहेका ऐतिहासिक पानीका न्वाला जीर्ण भइसकेका र केहीको नाम निसानासमेत बाँकी नरहने अवस्था छ,’ उनले भने, ‘हामीले त यति त देखेका छौं आउने पुस्ताले त यति पनि देख्न पाउँछन् कि पाउँदैनन्।’ 

जमिन अतिक्रमण गरेर खेती गर्नाले बाँकी रहेका भौतिक संरचना हेर्न, अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्या हुने गरेको छ। 

Xtrem

Xtrem

संरक्षणका लागि पनि योजनाबद्ध रुपमा लागेको गाउँपालिकाको दाबी

नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोटको संरक्षणका लागि योजनाबद्ध रुपमा लागेको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टकाे दाबी छ। 

‘नेपाली भाषाको उद्गम स्थलका रुपमा चर्चा पाएको अजयमेरु ऐतिहासिक महत्व बोकेको स्थल भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेका कारण गत वर्ष कोटसम्म पर्यटक पुर्‍याउन र कोटलाई देशविदेशसम्म चिनाउन महोत्सव आयोजना गर्‍याैं,’ उनले भने, ‘अहिले पनि यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको फोटो सामाजिक संजालमा हामी प्रचारप्रसार गरिरहेका छौँ।’

'अजयमेरुकोट हाम्रो गाउँपालिकाको चिनारी हो। यसको संरक्षणका लागि हामीले समिति बनाएर अहिले गुरुयोजना निर्माण गरेका छाैं,' अध्यक्ष भट्टले भने। कोटसम्म आउने पर्यटकका लागि होमस्टेको सञ्चालनको तयारी छ। होमस्टेमा यहाँको स्थानीय खानाको प्रकार माडा, गतानी डुप्का, मकैको रोटी, कोदाको रोटी आदि खानेकुराको व्यवस्था गरेर  पर्यटकलाई  अकर्षण गर्ने योजना बनाएको उनको भनाइ छ। 'अहिले गुफा पुरिने अवस्थामा छ त्यसैले गुफा खोल्ने योजना छ,' उनले थपे।

गाउँपालिकासँग त्यति धेरै रकम नहुने भएकाले संघ प्रदेश र पुरातत्व विभागसँग सहकार्यमा  पुननिर्माण गर्ने अध्यक्ष भट्टले बताए। भ्रमण वर्षको उद्घाटनको दिन पनि यसको प्रचारप्रसार गर्न कोटसम्म नै लामो दौड आयोजना गरेको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्