काठमाडौ– उच्च अदालत पाटनले बालुवाटारको ११३ रोपनी सार्वजनिक जग्गा भू-माफियाको पक्षमा हुने जिल्ला अदालतको फैसलाविरुद्ध दायर भएको मुद्दामा मन्त्रिपरिषदको निर्णयदेखि भूमाफियाको पक्षमा गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश गरेको छ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुङ्गेलको इजलाशले सुनुवाइ गर्दै बालुवाटारकाण्डसँग जोडिएका पाँच फाइल मगाउने निर्णय गरेको हो।
उच्च अदालतले मुद्दासँग सार्वजनिक महत्वको विषय पनि जोडिएको भन्दै एमिकस क्युरी (अदालती सहयोगी) समेत मगाउने आदेश गरेको छ। उच्चले दुई वरिष्ठ अधिवक्तालाई मुद्दाको अन्तिम सुनुवाइको समयमा उपस्थित गराई दिन उच्च अदालत बार एशोसियनसलाई आदेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।