काठमाडौं- भक्तपुरबाट अपरहणमा परेकी एक बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ।
अपरहण भएको ५ घन्टाभित्रै प्रहरीले बालिकाको उद्धार गर्नुको साथै अपहरणमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने २० वर्षीय आशिष थापा छन्।
थापाले आइतबार १२ बजे सूर्यविनायक नगरपालिका-५ ग्लोरी इंग्लिस स्कूलमा अध्ययन गर्ने ६ वर्षीया बालिकालाई अपहरण गरेका थिए।
अपहरण गरेर थापाले १६ लाख रुपैयाँ फिरौतीसमेत माग गरेका थिए।
भक्तपुरस्थित घ्याम्पेडाडाँ जंगलमा मुखमा टेप लगाएको र हात बाँधेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखा र महानरीय प्रहरी वृत्त ठिमीले बालिकाको उद्धार गरेका हुन्।
भक्तपुरस्थित घ्याम्पेडाडाँ जंगलमा मुखमा टेप लगाएको र हात बाँधेको अवस्थामा बालिकाको महानगरीय प्रहरी अपराध महाशाखा र महानरीय प्रहरी वृत्त ठिमीले संयुक्त रूपमा उद्धार गरेका हुन्।
पहँलो छिर्के ज्याकेट, निलो जिन्स पाइन्ट, कालो स्पोर्ट जुत्ता लगाएका व्यक्तिले अल्फाबेट नखुलेको १६२० नम्बरको कालो रंगको मोटरसाइकलमा राखेर बालिका अपहरण गरी लगेको भन्ने सूचनाका आधारमा ठिमी वृतले अनुसन्धान अघि बढाएको थियो।
महाशाखा र वृत्त संयुक्त अपरेसनबाट अपहरणकारी थापालाई ५ बजेर २० मिनेटमा प्रहरीले पक्राउ गरेको हो।
उनले बालिकालाई घ्याम्पेडाँडास्थित जंगलमा लगी हात पछाडि लगेर बाँधेको र मुखमा टेप लगाएका थिए।
घुम्न आएका व्यक्तिले बालिकाको आवाज सुनेपछि अपहरणकारीले बालिका छाडेर फरार भएको प्रहरीले जनाएको छ।
घुम्न आएका व्यक्तिले ती बालिकालाई सोधपुछ गरी स्कूलमा लगेर जिम्मा लगाएका थिए।
पैसा ठिमीस्थत भाटभटेनी ल्याउन भनी सोही क्रममा पैसा लिन आएका बेला उनलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।