काठमाडौं- ठमेल क्षेत्रमा गुण्डागर्दी गर्दै आएका दुई युवा समातिएका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्याठाबाट शुक्रबार गुण्डागर्दीमा संलग्न दुई युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मनाङको नेसाङ गाउँपालिका–७ घर भई काठमाडौं पकनाजोल बस्ने ३० वर्षीय अजय भनिने कोर्ते गुरुङ र नेसाङ–३ घर भई काठमाडौं सानोभर्याङ बस्ने ४५ वर्षीय टासी गुरुङ छन्।
उनीहरु काठमाडौं ज्याठास्थित एक होटलमा कोठा भाडा लिई बसेका थिए। विगत ३ महिनादेखि उक्त होटलमा बस्दै आएका उनीहरुसँग कोठा भाडा र खानाको रकम माग गर्दा उल्टै हतियार देखाएर धम्की दिएको र कोठाको ढोका समेत तोडफोड गरेको उजुरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना यसअघि ज्यान मार्ने उद्योग र लागु औषध मुद्दामा जेल बसेर छुटेका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।