काठमाडौं- कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तका नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको छ।
बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेईका नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेको छ।
नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे अगावै फारम भरिसक्न समेत दूतावासले सूचनामा उल्लेख गरेको छ।
फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाइने भएकाले सबैलाई सो समयअगावै फारम भरिसक्न दूतावासले आग्रह गरेको छ।
फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरी स्वदेश फर्काइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।
म्यासेज/कल सेयरिङ एप 'वी च्याट'लगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएको तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसै अनुसार गर्न पनि दूतावासले भनेको छ।
.jpg)
चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको छ। यो शनिबार बिहानसम्मको अपडेट हो।
चीनका स्वास्थ्य अधिकारका अनुसार त्यहाँ मात्र ११ हजार ७ सय ९१ जनामा कोरोना भाइरस देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।